गंगा जमुना गाउँपालिकामा वडा नं. १ स्थित देउराली आधारभुत बिद्यालयमा अध्ययनरत ७६ जना छात्र/छात्राहरुलाई जाडो महिनाको लागि उनको स्वेटर र टोपी वितरण गर्नु भएको छ ।
गंगा जमुना गाउँपालिका वडा नं. ३ निवासी तेक्वान्दो प्रशिक्षक , खेलाडी तथा राष्ट्रिय निर्णायक धन बहादुर गुरुङको पहलमा हाल जापान बस्दै आउनु भएका गंगा जमुना-३ का कल्पना गुरुङ्गको टिम सँग सहयोग मागेर वितरण गरिएको हो।
आर्थिक विपन्नता भएका बालबच्चाहरुलाई बिद्यालय आउँदा लगाउने न्यानो पोशाकको अभाव भैरहेको अवस्थामा कल्पना गुरुङ्को सहयोगले धेरै ठुलो राहत मिलेको प्रधानाध्यापक प्रेम बहादुर तामाङले बताउनु भयो ।
यस्ता मनकारी सहयोगी हातहरुको अझै धेरै आवश्यकता रहेकोले यस्ता सहयोगको पुनः अपेक्षा सहित धन बहादुर गुरुङ र बहिनी कल्पना गुरुङ्गलाई बिधालय परिवारले धन्यवाद दिएका थिए।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |