गजुरीको इन्द्रायणी आ.विलाई आफ्नो कार्यकाल भित्र माध्यमिक बिधालय चलाउने अध्यक्ष श्रेष्ठको प्रतिबद्धता


गजुरीको इन्द्रायणी आ.विलाई आफ्नो कार्यकाल भित्र माध्यमिक बिधालय चलाउने अध्यक्ष श्रेष्ठको प्रतिबद्धता

गजुरी गाउँपालिका वडा नम्बर ६ स्थित इन्द्रायणी आधारभूत विद्यालयको अभिभावक भेला तथा विद्यालय व्यवस्थापन समिति पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा यसै बिधालय ब्यबस्थापन समितिका अध्यक्ष बलराम रिजालको अध्यक्षता,गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख अतिथी,विशिष्ट अतिथी गजुरी १ र ६ का दोय वडा अध्यक्ष तारानाथ भण्डारी,भक्त बहादुर (कर्ण)तामाङ अतिथि गजुरी गाउँपालिका स्रोत शिक्षक सुजन भण्डारी अभिभावक,शिक्षक विद्यार्थीहरुको उपस्थितमा कार्यक्रम सम्पन्न भएको बिधालयकी प्रधानाध्यापक सुरज श्रेष्ठले बताइन्।

विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक श्रेष्ठले विद्यालयमा देखिएका चुनौतीहरू र आगामी योजनाहरूको बारेमा जानकारी गराइन। बि.सं.२०६८ साल देखि बिधालय ब्यबस्थापन समिति अध्यक्ष समाल्दै आएका बलराम रिजाल फेरि पु:न पाचौं पटक व्यवस्थापन समितिको अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन्। सदस्यमा राजन लामा,मिरा रसाइली,निरा अधिकारी,दिल कुमारी कार्की,निरुता तामाङ,वडा सदस्यबाट कवि प्रसाद दुलाल,शिक्षक प्रतिनिधि प्रमिशा अधिकारी,बिधालय प्रधानाध्यापक सदस्य सचीव सुरज श्रेष्ठ रहनुभएको छ।

भने शिक्षक अभिभावक संघको अध्यक्षमा रबिन्द्र अर्याल सदस्य सान्त बहादुर तामाङ,सानू मिजार,जमुना मगर,रबि अधिकारी,रिता सुनार सदस्य,मिना तामाङ सदस्य शिक्षक प्रतिनिधि सरिता अर्याल,शर्मिला राना मगर।

अभिभावक, स्थानीय जनप्रतिनिधि, र समाजसेवीहरूको प्रतिनिधित्व समेटिएको छ। यस समितिले विद्यालयको गुणस्तर सुधार, बालबालिकाका लागि अतिरिक्त स्रोतहरू जुटाउने, र नियमित अभिभावक भेटघाट गर्ने योजनाबारे जोड दिने बिश्वास समेत निर्वाचित बिधालय ब्यबस्थापन समितिका अध्यक्ष बलराम रिजालले हाम्रो दैनिकलाई बताउनुभयो।

गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले आफ्नो कार्यकालभित्र माध्यमिक विद्यालय निर्माणको प्रतिबद्धता व्यक्त गर्नुभएको छ, जसले विद्यार्थीलाई स्थानीय रूपमा उच्चस्तरीय शिक्षामा पहुँच पुर्‍याउने लक्ष्य राखेको छ।

यस पहलले गाउँपालिकाको शिक्षा क्षेत्रलाई थप मजबुत बनाउन, विद्यार्थीलाई लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यता हटाउन, र गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्न ठूलो योगदान पुर्‍याउने बताए।

गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले माध्यमिक विद्यालय निर्माणको प्रतिबद्धतासँगै यसका लागि आवश्यक स्रोत जुटाउन विशेष पहल गर्ने योजना बनाएका छन्। उहाँले विद्यालय निर्माणका लागि गजुरी गाउँपालिकाको बजेटमार्फत प्रारम्भिक कोष व्यवस्थापन गर्ने र प्रदेश तथा संघ सरकारबाट थप सहयोगको अपेक्षा रहेको बताउनुभएको छ।

गजुरी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष भक्त बहादुर (कर्ण) तामाङले आफ्नो कार्यकालमा शिक्षा र विद्यालय सुधारमा योगदान पुर्‍याउन विभिन्न पहल गर्दै आउनुभएको छ। उहाँले विद्यालय निर्माण, भौतिक पूर्वाधार सुधार, छात्रवृत्ति वितरण, साथसाथै बिधालय अन्य विविध कार्यक्रम गर्दै शिक्षामा प्रवर्द्धनका
लागि निरन्तर लागेका छ्न्।

गजुरी-१ का वडा अध्यक्ष तारानाथ भण्डारीले शिक्षा क्षेत्रको सुधारका लागि आवश्यक स्रोत र साधनको व्यवस्था गरिनेछ र यसमा सरकारको पूर्ण समर्थन रहनेछ। उहाँले गाउँपालिकामा रहेका विद्यालयहरूको अवस्थाबारे सचेत गराउँदै, प्रत्येक विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने लक्ष्यमा जुट्ने कुरा पनि बताएका छन्।

साथै, शिक्षामा समान अवसरको सुनिश्चितता र विद्यार्थीहरूको समग्र विकासका लागि आवश्यक कार्यक्रम र योजना पनि अघि बढाइने जानकारी दिनुभएको छ।

यो प्रतिबद्धता गाउँपालिकाको शैक्षिक स्तरलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।

लेखकको बारेमा

  • उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस