आदर्श माध्यमिक विद्यालय, गजुरीमा सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न


आदर्श माध्यमिक विद्यालय, गजुरीमा सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न

गजुरी गाउँपालिका-१ स्थित आदर्श माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८१ मा उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्ने कार्यक्रम  सम्पन्न भएको छ।

कार्यक्रममा गजुरी गाउँपालिका उपाध्यक्ष श्री शर्मिला बिसुरालको प्रमुख आतिथ्यता रहेको थियो। वडा नं. १ का अध्यक्ष श्री तारा भण्डारी, शिक्षा अधिकृत श्री सन्तोष पौडेल, विद्यालय व्यवस्थापन समिति, अभिभावक-शिक्षक संघका पदाधिकारीहरू, स्थानीय अभिभावक तथा शिक्षाप्रेमीहरूको उपस्थिति रहेको थियो।

सो अवसरमा कक्षा स्तरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई अतिथिहरुले टीका तथा पुरस्कार प्रदान गरी सम्मानित गर्नुभयो। त्यसैगरी, वर्षभरि विद्यालयमा सबैभन्दा बढी नियमित उपस्थिति दिने, व्यक्तिगत सरसफाइमा ध्यान दिने र अनुशासित रहन सफल विद्यार्थीहरूलाई समेत पुरस्कृत गरियो।

कार्यक्रममा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई टीका, खादा लगाएर स्वागत गरिएको बिधालयका प्रधानाध्यापक सुरेश कुमार बस्नेतले हाम्रो दैनिकलाई बताउनुभयो।

आफ्ना बालबालिकालाई विद्यालयमा भर्ना गर्न ल्याएका अभिभावकहरूलाई खादा र टीका लगाई स्वागत गरेका थिए। विद्यार्थी, अभिभावक र विद्यालय समुदायबीच सकारात्मक सम्बन्ध सुदृढ बनाउने अपेक्षा गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस