गजुरी गाउँपालिकाद्वारा किराञ्चोक माविमा निर्मित लेडिज होस्टेलको स्थलगत अनुगमन

  • हाम्रो दैनिक
  • / शिक्षा /
  • २०८२ जेष्ठ २९, बिहिबार (७ महिना अघि)
  • ३५५ पटक पढिएको

Post Thumbnail

धादिङ, २०८२ जेठ ।गजुरी गाउँपालिका भित्रका दुई विद्यालयलाई आवासीय मोडेलमा रूपान्तरण गर्ने निर्णयअनुसार किराञ्चोक माध्यमिक विद्यालयमा निर्माण लेडिज होस्टेल (आवास) को स्थलगत अनुगमन सम्पन्न भएको छ।

गाउँपालिकाबाट विनियोजित रू. २३ लाख बजेटमा निर्माण सम्पन्न भएको सो होस्टेलको निरीक्षण गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष शर्मिला विशुराल, वडा नं. ८ का अध्यक्ष देवराज ओझा तथा पालिकाका प्राविधिक टोलीले संयुक्त रूपमा अनुगमन गर्नुभएको हो।

निरीक्षणका क्रममा अध्यक्ष श्रेष्ठले आवासीय शिक्षालाई प्रभावकारी बनाउन पूर्वाधारसँगै शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उक्त होस्टेल निर्माण भएपछि टाढाटाढाबाट अध्ययन गर्न आउने छात्राहरूलाई सुरक्षित र व्यवस्थित आवास सुविधा प्रदान हुने विश्वास लिइएको छ।

गजुरी गाउँपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै पूर्वाधार विकास, गुणस्तरीय पठनपाठन र विद्यार्थीमैत्री वातावरण निर्माणमा निरन्तर क्रियाशील रहेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस