पत्तालिनी आधारभूत विद्यालय, गजुरी–१ को ४१औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न


पत्तालिनी आधारभूत विद्यालय, गजुरी–१ को ४१औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

गजुरी (धादिङ), २०८२ असार १ – गजुरी गाउँपालिका–१, आधामारामा अवस्थित श्री पत्तालिनी आधारभूत विद्यालयले आफ्नो ४१ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम  सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ हुनुहुन्थ्यो भने विशेष अतिथिमा उपाध्यक्ष शर्मिला बिशुराल, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सन्तोष पौडेल, वडा नं. १ का अध्यक्ष तथा विद्यालयका संरक्षक तारानाथ भण्डारी, तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुधिर खरेल रहनुभएको थियो।

समारोहको उद्घाटन गरिँदै विद्यालयका उपलब्धिहरूको समीक्षा गरियो र आगामी शैक्षिक तथा भौतिक विकासका योजनाहरू सार्वजनिक गरियो।

कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरे जसमा नृत्य, गीत, कविता वाचन, नाटक आदि समावेश थिए। विद्यालयले उत्कृष्ट शैक्षिक प्रदर्शन, अनुशासन, उपस्थिति, र अन्य अतिरिक्त क्रियाकलापहरूमा उल्लेखनीय योगदान गर्ने विद्यार्थीहरूलाई मेडल र पुरस्कार प्रदान गरिएको यसै बिधालयका प्रधानाध्यापक हरि श्रेष्ठले बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले आफ्नो मन्तव्यमा विद्यालयको समग्र विकासमा समर्पित रूपमा लागिरहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुधीर खरेलप्रति विशेष धन्यवाद व्यक्त गर्दै भन्नुभयो:
“सुधीर खरेलज्यूले विद्यालयमा सीसी क्यामेरा जडान, विद्यालयसम्म पुग्ने सडक छेउमा बोटबिरुवाको हरियाली विकास, विद्यालयमा रङरोगन, र बिदेशी साथिभाइहरूमार्फत विभिन्न सहयोग ल्याउन सफल भएर उदाहरणीय कार्य गर्नुभएको छ।”

उहाँले थप भन्नुभयो, “गजुरी गाउँपालिका अन्तर्गत रहेका आधारभूत विद्यालयहरू, विशेष गरी इन्द्रायणी आधारभूत विद्यालय र यसै पत्तालिनी आधारभूत विद्यालय जस्ता संस्थानमा नेतृत्वदायी भूमिका खेलिरहेका युवा अध्यक्षहरू समुदाय परिवर्तनका मुख्य आधार हुन्।”स्थानीय तहको तर्फबाट विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि आवश्यक सहयोग प्रदान गरिने प्रतिबद्धता समेत  व्यक्त गर्नुभएको छ।

उपाध्यक्ष शर्मिला बिशुरालले शिक्षालाई आधार मानेर समुदायको समग्र विकास सम्भव हुने धारणा राख्नुभयो।यत्तिको युवाको नेतृत्व सबै बिधालयमा युवा लाई नै बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष बनाउन लाग्नु पर्नेमा जोड दिएका छन।

विद्यालयका प्रधानाध्यापकले विद्यालयको ४१ वर्षे यात्रा, चुनौतीहरू, र सफलताहरूको समीक्षा गर्दै आगामी दिनमा विद्यालयलाई अझ स्तरीय बनाउन सामूहिक प्रयासको खाँचो औँल्याउनुभयो।

स्थानीय समुदाय, अभिभावक, शिक्षक, विद्यार्थी, र जनप्रतिनिधिहरूको संयुक्त सहभागिताले कार्यक्रमलाई विशेष गराएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस