
धादिङ।गजुरी गाउँपालिका वडा नं.६,जरेबगैचामा अवस्थित भानुभक्त माध्यमिक विद्यालय स्थापना भएको ५० वर्ष पूरा भएको छ।पाँच दशकको इतिहास बोकेको विद्यालयले यही मंसिर २८ र २९ गते विविध सांस्कृतिक, शैक्षिक र सम्मान कार्यक्रम सहित स्वर्ण जयन्ती महोत्सव मनाउने तयारी गरेको विद्यालय परिवारले जनाएको छ।
प्रधानाध्यापक षडानन्द सुवेदीका अनुसार महोत्सवमा विद्यार्थी तथा शिक्षकहरूको नृत्य प्रस्तुति,हाजिरी–जवाफ प्रतियोगिता,खेलकुद,पूर्व बिधालय ब्यबस्थापन समिति,शिक्षक विद्यार्थी बुद्धिजीवी,समाजसेवी सँगको भेटघाट तथा सम्मान कार्यक्रम बिद्यालयसँग सम्बन्धित सबै पुस्तालाई एकै ठाउँमा ल्याउने उद्देश्य महोत्सवको मूल लक्ष्य रहेको बताउनुभयो।
भने यस कार्यक्रममा स्मारिका छपाई,शुभकामना साथै अक्षय कोष स्थापना जस्ता गतिविधिहरू समावेश गरिनेछ।
*अक्षयकोषमा चन्दा दाताहरुको लागि रु.५०,०००/-भन्दा माथि
*पाँच सय सम्म सहयोग गर्नेलाई नाम वाचन
*पाँच सय देखि दुई हजार सम्म सहयोग गर्नेलाई रसिद र नाम वाचन
*रु.दुई हजार देखि दश हजार सहयोग गर्नेको लागि खादा माला फ्रेम सहित सम्मान पत्र
*२५ हजार माथी ५० हजार सम्म सहयोग गर्ने दातालाई फ्रेम सहित प्रमाणपत्र र दोसालाले सम्मान
* एक लाख भन्दा माथि सहयोग गर्नेलाई सिलालेखमा नाम,फ्रेम सहित सम्मान पत्र दिईने।
स्मारिका प्रकाशनमा बिज्ञापन राख्न।
*पूरा पेज कलर सहित रु.१५,०००/-
*आधा पेज कलर सहित रु.७,५००/-
*चौथाइ पेजमा कलर सहित रु.३५,००/-
*सो भन्दा सानो पेजमा रु.२,०००/-
पूर्व प्रधानाध्यापक रन्जन सुवेदीका अनुसार भानुभक्त विद्यालय विगत करिब पाँच दशकदेखि ग्रामीण शिक्षा विकासको आधार स्तम्भका रूपमा स्थापित छ।
२०२३ सालतिर रुद्रप्रसाद अधिकारी र शेषप्रसाद अधिकारीको पहलमा खोल्मे गोठ भत्काएर सुरु गरिएको विद्यालय यहाँसम्म आइपुग्दा आधुनिक भवन,पुस्तकालय,कम्प्युटर प्रयोगशाला र सेमिनार हलसहितको पूर्ण माध्यमिक शिक्षालयको रूपमा विकसित भइसकेको छ।
विद्यालयको प्रारम्भिक चरणमा रामबाबु सुवेदी,खेमराज सुवेदी र विष्णुप्रसाद रिजालले निस्वार्थ रूपमा शिक्षण कार्य सञ्चालन गरेका थिए। २०३२ मंसिर २३ मा जिल्ला शिक्षा कार्यालय धादिङबाट आधिकारिक सञ्चालन स्वीकृति प्राप्त गरेपछि विद्यालयले प्राथमिकदेखि माध्यमिक तहसम्म निरन्तर प्रगति गर्दै आएको छ।
२०६१/०६२ सालमा Room To Read, स्थानीय विद्यालयहरू र जापानी सहयोग संस्था जाइकाको सहयोगमा बनेको १२ कोठे RCC भवनले विद्यालयको भौतिक संरचना बलियो बनायो। २०७२ सालको भूकम्पपछि जाइकाकै सहयोगमा नयाँ ३ तले १० कोठे भवन निर्माण भएपछि विद्यालय पुनः आधुनिक संरचनामा उभिन सफल भयो।
२०७४ सालमा Edutech Nepal को २० कम्प्युटर सहयोगसँगै विद्यालयले सूचना प्रविधि शिक्षामा नयाँ युगको सुरुवात गर्यो।
पृथ्वी राजमार्गबाट करिब दुई किलोमिटर दक्षिण उकालोमा रहेको विद्यालय प्राकृतिक सौन्दर्यले भरिएको छ। हराबराहरु बगैंचा पोखरे खोलाको सुसेली र हिमालयहरुको दृश्यले अध्ययन वातावरणलाई थप प्रेरणादायी बनाएको छ।यस बिधालयबाट slc मा ३०० सय भन्दा माथी विद्यार्थी उत्तीर्ण भएका छन्।
विद्यालयको सेवा क्षेत्रभित्र ब्राह्मण, क्षेत्री, भुजेल, मगर, तामाङ, चेपाङ र दलित समुदायको बसोबास छ। सामाजिक सद्भाव र सहअस्तित्वको सुन्दर उदाहरण यस क्षेत्रमा देखिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा गजुरी–६ का वडाध्यक्ष भक्तबहादुर (कर्ण) तामाङले बताए।
विद्यालयको दीर्घकालीन लक्ष्य शैक्षिक उत्कृष्टता र प्राविधिक–सीपयुक्त विद्यार्थी उत्पादन रहेको उल्लेख गर्दै आगामी वर्षहरूमा प्राविधिक र व्यवहारिक शिक्षालाई अझ प्राथमिकता दिने बताउनुभयो।




(कार्यक्रम तयारी विशेष छलफल)







उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

