किराञ्चोक माध्यमिक विद्यालयले मनाउँदै स्वर्ण महोत्सव, सहयोगका लागि आह्वान

फोटो भुवन महर्जन
  • हाम्रो दैनिक
  • / शिक्षा /
  • २०८२ पौष १४, सोमबार (१ महिना अघि)
  • ९१ पटक पढिएको

किराञ्चोक माध्यमिक विद्यालयले मनाउँदै स्वर्ण महोत्सव, सहयोगका लागि आह्वान

धादिङ । गजुरी गाउँपालिका–८, किराञ्चोकमा अवस्थित किराञ्चोक माध्यमिक विद्यालयले स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण महोत्सव आयोजना गर्ने भएको छ। विद्यालयले आगामी २०८२ माघ १५ गतेदेखि १७ गतेसम्म विविध कार्यक्रमसहित स्वर्ण महोत्सव मनाउने तयारी गरेको जनाएको छ।

विद्यालयले स्थापना कालदेखि हालसम्मको गौरवमय यात्रालाई स्मरण गर्दै गुणस्तरीय शिक्षा, अतिरिक्त क्रियाकलाप तथा भौतिक पूर्वाधार विकासमा उल्लेखनीय प्रगति गर्दै आएको छ। विद्यालयलाई पालिकास्तर तथा जिल्लास्तरमै नमुना विद्यालयका रूपमा विकास गर्ने उद्देश्यसहित स्वर्ण महोत्सवलाई ऐतिहासिक र भव्य रूपमा सम्पन्न गर्ने तयारी गरिएको विद्यालयले जनाएको छ।

स्वर्ण महोत्सवलाई सफल बनाउन विद्यालयले शिक्षाप्रेमी,समाजसेवी, व्यवसायी, पेशाकर्मी,पूर्व शिक्षक,पूर्व विद्यार्थी तथा सरोकारवाला सबै महानुभावहरूसँग आर्थिक तथा नैतिक सहयोगका लागि हार्दिक अपिल गरेको छ।

विद्यालयका अनुसार सहयोग रकम समारोह व्यवस्थापन,स्मारिका छपाइ,स्तम्भ निर्माण,छात्रावास व्यवस्थापन तथा अक्षयकोष स्थापना जस्ता शीर्षकहरूमा प्रयोग गरिनेछ।सहयोगी दाताहरूलाई योगदानको आधारमा सम्मानसमेत गरिने व्यवस्था गरिएको छ।

विद्यालयले रु.२५ हजारदेखि माथिका सहयोगीहरूको नाम स्मारिकामा प्रकाशन,फ्रेमसहित सम्मान,शिलालेखमा नाम अंकन तथा अक्षयकोष स्थापना जस्ता माध्यमबाट कदर गरिने जनाएको छ।

सहयोग गर्न इच्छुक महानुभावहरूले प्रत्यक्ष विद्यालयमा सम्पर्क गर्न, राष्ट्रिय वाणिज्य बैंकमा रहेको विद्यालयको खातामा रकम जम्मा गर्न वा QR कोडमार्फत Scan & Pay गर्न सक्नेछन्।रकम पठाउँदा “Kiranchowk Ma Vi”को नाममा पठाई स्क्रिन सट विद्यालयको फेसबुक पेज,इमेल [email protected] वा व्हाट्स एप मार्फत जानकारी गराउन अनुरोध गरिएको छ।

विद्यालय परिवारले स्वर्ण महोत्सवलाई सफल बनाउन सबैको अमूल्य योगदानको अपेक्षा गर्दै सहयोगका लागि धन्यवाद ज्ञापन गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस

मुख्य मेनुहरु