गजुरीको केउरिनी आधारभूत विद्यालयका जेहेन्दार तथा सिमान्तकृत बालबालिकालाई न्यानो कपडा सहयोग


गजुरीको केउरिनी आधारभूत विद्यालयका जेहेन्दार तथा सिमान्तकृत बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ,गजुरी । गजुरी गाउँपालिका वडा नं. १ स्थित श्री केउरिनी आधारभूत विद्यालयमा बाल कक्षा(ECD) र १ कक्षामा अध्ययनरत गरिब,जेहेन्दार तथा सिमान्तकृत (चेपाङ) समुदायका १५ जना बालबालिकालाई न्यानो पोशाक वितरण गरिएको छ। साथै अभिभावक विहीन दुई जना विद्यार्थी र १२ जना अभिभावकहरूलाई न्यानो दोसला ओढाएर सम्मान गरिएको छ।

चन्द्रागिरी नगरपालिका–१२,काठमाडौँ निवासी कृष्णबहादुर पण्डितको समन्वयमा मदन के.सी.,विजय कार्की, हिरामाया वाइबा र कृष्ण गिरीको सहयोगमा उक्त सामग्री वितरण गरिएको हो।कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरोज चेपाङले गर्नुभएको थियो भने प्रमुख अतिथि गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ रहनुभएको थियो।

कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले शैक्षिक तथा मानवीय सेवामा योगदान पुर्‍याउनुहुने सम्पूर्ण दाताहरूलाई उच्च कदर गर्दै कदर–पत्र प्रदान गरी धन्यवाद व्यक्त गर्नुभयो।

कार्यक्रममा विशेष अतिथि गजुरी–१ का वडा अध्यक्ष तारानाथ भण्डारी,गाउँपालिका स्रोत शिक्षक सुजन भण्डारी,कंकालिनी आधारभूत विद्यालयका पूर्व प्रधानाध्यापक रामकृष्ण पाण्डे,शिक्षक, अभिभावक तथा स्थानीय व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। यस अवसरमा विद्यार्थीहरूलाई स्टेशनरी सामग्रीसमेत वितरण गरिएको थियो।


तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस

मुख्य मेनुहरु