गजुरीको रिठ्ठावोटे आधारभूत विद्यालयका ७१ जना विद्यार्थीहरुलाई न्यानो पोशाक वितरण


गजुरीको रिठ्ठावोटे आधारभूत विद्यालयका ७१ जना विद्यार्थीहरुलाई न्यानो पोशाक वितरण

धादिङ । गजुरी गाउँपालिका वडा नं.–८ मा अवस्थित श्री रिठ्ठावोटे आधारभूत विद्यालयमा अध्ययनरत ECD देखि कक्षा ६ सम्मका गरिब तथा जेहेन्दार (तामाङ) समुदायका ७१ जना विद्यार्थीहरूलाई न्यानो पोशाक वितरण गरिएको छ।

जाडो मौसममा विद्यार्थीहरूको स्वास्थ्य सुरक्षा तथा पठन–पाठनलाई सहज बनाउन सामाजिक उत्तरदायित्वको भावना सहित गजुरी गाउँपालिका–६ निवासी व्यवसायी अनिल श्रेष्ठ र नवीन खड्काले न्यानो पोशाक सहयोग गर्नुभएको हो। उक्त सहयोगप्रति विद्यालय परिवारले हार्दिक आभार व्यक्त गरेको छ।

न्यानो पोशाक वितरण कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। साथै, गजुरी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष भक्तबहादुर तामाङ (कर्ण), वडा नं. ८ का वडा अध्यक्ष देवराज ओझा, अध्यक्षज्यूका जीवन संगिनी सङ्गीता श्रेष्ठ,गजुरी गाउँपालिकाका स्रोत शिक्षक सुजन भण्डारी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

सहयोगको कदर स्वरूप विद्यालयले निभा विल्डर्स एण्ड सप्लायर्स प्रा.लि.का सफल व्यवसायी तथा समाजसेवी व्यक्तित्व अनिल श्रेष्ठ र नवीन खड्कालाई गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठको हातबाट कदर–पत्र प्रदान गरेको हो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति,शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीय व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी वक्ताहरूले यस्ता मानवीय तथा शैक्षिक सहयोगले विद्यार्थीहरूको मनोबल वृद्धि गर्नुका साथै शिक्षामा निरन्तरता कायम गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

यसै कार्यक्रममा मन्तव्य राख्दै गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले यस विद्यालयका लागि पुस्तकालय व्यवस्थापन गर्न गजुरी गाउँपालिका सरकारबाट पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो।

साथै,शिक्षा क्षेत्रमा सबैभन्दा बढी बजेट विनियोजन गरिएको उल्लेख गर्दै गजुरी गाउँपालिका अन्तर्गत किरान्चोक माध्यमिक विद्यालय, डोलभन्ज्याङ माध्यमिक विद्यालय र महेन्द्रोदय माध्यमिक विद्यालयलाई आवासीय विद्यालयका रूपमा विकास गरिने बताउनुभयो।

उहाँले १३ वटा स्थानीय तह मध्ये स्वास्थ्य क्षेत्रमा गजुरी गाउँपालिकाले दोस्रो स्थान हासिल गर्न सफल भएको जानकारी दिँदै पुर्वाधार तर्फ समेत निर्माणका कामले तिब्रता लिगेको बताए।आगामी वर्षदेखि गजुरी गाउँपालिका भित्र कक्षा १ देखि ५ सम्म अध्ययनरत सबै विद्यार्थीहरूलाई निःशुल्क पोशाक वितरण गर्ने नीति तथा कार्यक्रम ल्याइने स्पष्ट पार्नुभयो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुमन लो तामाङका अनुसार अनिल श्रेष्ठ र नवीन खड्काको सहयोगले जाडो मौसममा विद्यार्थीहरूलाई न्यानोपन र सहजता प्रदान गरेको उल्लेख गर्दै यो सहयोग अत्यन्त प्रशंसनीय तथा अनुकरणीय रहेको बताउनुभयो।



तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस

मुख्य मेनुहरु