पञ्चकन्या आविका विद्यार्थीलाई ग्लोबल स्ट्यान्डर्ड एडुकेयर प्रा.लि.द्वारा न्यानो पोशाक वितरण


पञ्चकन्या आविका विद्यार्थीलाई ग्लोबल स्ट्यान्डर्ड एडुकेयर प्रा.लि.द्वारा न्यानो पोशाक वितरण

धादिङ । गजुरी गाउँपालिका वडा नं.–८ मा स्थित पञ्चकन्या आधारभूत विद्यालयमा अध्ययनरत ECD देखि कक्षा ३ सम्मका गरिब तथा जेहेन्दार (तामाङ) समुदायका ३३ जना विद्यार्थीहरूलाई न्यानो पोशाक वितरण गरिएको छ।

विद्यार्थीहरूको स्वास्थ्य सुरक्षा तथा पठन–पाठनलाई सहज बनाउन सामाजिक उत्तरदायित्वको भावना सहित गजुरी गाउँपालिका–५ निवासी तथा ग्लोबल स्ट्यान्डर्ड एडुकेयर प्रा.लि.बागबजार–२८ का संस्थापक जयराम सुवेदी र अनिल भण्डारीले न्यानो पोशाक सहयोग गर्नुभएको हो। उक्त सहयोगप्रति विद्यालय परिवारले हार्दिक आभार व्यक्त गरेको छ।

गजुरी गाउँपालिकाका स्रोत शिक्षक सुजन भण्डारी र गजुरी-१ निवासी सफल व्यावसायि शंकर पण्डितको पहलमा आयोजना गरिएको कार्यक्रममा न्यानो पोशाकसँगै स्टेशनरी सामग्री पनि वितरण गरिएको थियो। स्टेशनरी सामग्री गजुरी–६ निवासी होटल व्यवसायी तथा समाजसेवी गौतम सुवेदीले सहयोग गर्नुभएको हो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र तामाङको अध्यक्षता र गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।साथै अध्यक्ष ज्यूका जीवन संगिनी सङ्गीता श्रेष्ठ,गजुरी गाउँपालिका सरकारका प्रवक्ता एवं गजुरी–७ का वडा अध्यक्ष बद्रीप्रसाद जम्कटेल,गजुरी–८ का वडा अध्यक्ष देवराज ओझा,स्रोत शिक्षक सुजन भण्डारी,वडा सदस्य तथा विद्यालय व्यवस्थापन समिति सदस्य मिलन तामाङ शिक्षक-शिक्षिका समाजसेवी,बुद्धिजीवी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

यस विद्यालयका प्रधानाध्यापक अक्कल तामाङले विद्यार्थीहरूका लागि न्यानो पोशाक तथा स्टेशनरी सामग्री जाडो मौसममा अत्यन्त आवश्यक रहेको थियो उपलब्ध गराएकोमा स्थानीय सरकारको पहललाई धन्यवाद दिदै यस्ता सहयोगले विद्यार्थीको उपस्थितिमा सुधार आउनुका साथै पठन–पाठनमा उत्साह बढ्ने विश्वास व्यक्त गर्नुभयो। साथै उहाँले सहयोगी हातहरूप्रति विद्यालय परिवारको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो।


तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस