कुम्पुर आधारभूत विद्यालयमा १३४ विद्यार्थीलाई न्यानो कपडा सहयोग


कुम्पुर आधारभूत विद्यालयमा १३४ विद्यार्थीलाई न्यानो कपडा सहयोग

धादिङ | सिद्धलेक गाउँपालिका वडा नं.६,कुम्पुर भञ्ज्याङ स्थित कुम्पुर आधारभूत विद्यालयमा अध्ययनरत १३४ जना गरिब,दलित तथा जनजाति समुदायका बालबालिकाहरूलाई न्यानो कपडा (ट्रयाकसुट र टोपी) वितरण गरिएको छ।

शिक्षाप्रेमी तथा समाजसेवी रामकुमार श्रेष्ठको समन्वयमा तथा विमला सेढाई र दुर्गा थापाको सहयोगमा सञ्चालन गरिएको उक्त न्यानो कपडा सहयोग अभियान विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गा नेपालीको अध्यक्षतामा र सिद्धलेक गाउँपालिका उपाध्यक्ष सविता अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा वडा नं.६ का वडाध्यक्ष सुरेन्द्र कुमार मगर,वडा सदस्य अस्मिता नेपाली,शिक्षाप्रेमी समाजसेवी रामकुमार श्रेष्ठ,सहयोगी संस्थाहरू लायन्स क्लब अफ काठमाडौं ग्लोबल युथका सितल शर्मा, दीपक थापा,दुर्गा थापा,रामचन्द्र खड्का,सन्तोष ढकाल तथा बुढा निलकण्ठ महिला समूहका अध्यक्ष विमला सेढाई,अन्जना दाहाल, रश्मि बर्मा,बिजुली श्रेष्ठ,बिमला सिग्देल र शर्मिला अधिकारीहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरि बहादुर खनालले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन प्रल्हाद लामिछानेले गर्नुभएको थियो।

यस पुण्य कार्यमा विमला सेढाई र दुर्गा थापा मार्फत लायन्स क्लब अफ काठमाडौं ग्लोबल युथ,बुढानिलकण्ठ महिला समूह,कपन काठमाडौं र सामाजिक सञ्जालमार्फत जोडिएको “मसान चौतारी ग्रुप” संस्थाहरूलाई आवद्ध गराइ संयुक्त सहकार्यमा न्यानो कपडा उपलब्ध गराइएको हो।

न्यानो कपडा सहयोग केवल सामग्री वितरणमा सीमित नभई यसले अभिभावकहरूको चिन्ता कम गर्ने,शिक्षकहरूको हौसला बढाउने र चिसो मौसममा बालबालिकाहरूलाई नियमित विद्यालय आउन सहज बनाउने काम गरेको सहभागीहरूको भनाइ छ। साथै यसले बालबालिकाको भविष्यप्रति आशा र भरोसा जगाएको छ।

संस्थाका प्रतिनिधिहरूले आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।मानवीय सेवा र सामाजिक उत्तरदायित्वको भावनाले प्रेरित यस अभियानले बालबालिकाहरूको पठन–पाठनमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।


तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस