
गजुरी,धादिङ। वसन्त पञ्चमीको पावन अवसरमा गजुरी गाउँपालिका वडा नं.१ स्थित आदर्श माद्यामिक विद्यालय गजुरीमा सरस्वती पूजा,अक्षरारम्भ,न्यानो कपडा र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ।
विद्यालय प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा यसै विद्यालयका वि.ब्य.स.का अध्यक्ष राजकुमार उप्रेतीको अध्यक्षता,प्रमुख अतिथि गजुरी गाउँपालिका अध्यक्ष श्री गणेशलाल श्रेष्ठको प्रमुख आतिथ्यता,बिशेष अतिथिमा गजुरी गाउँपालिका उपाध्यक्ष शर्मिला बिशुराल,गजुरी वडा नं.१ का वडा अध्यक्ष तारानाथ भण्डारी,शिक्षा शाखा अधिकृत सन्तोष पौडेल विद्यालय व्यवस्थापन समिति,शिक्षक–शिक्षिका अभिभावक र समाजसेवी व्यक्तित्वहरूको उपस्थितिमा सरस्वती पूजाअर्चना सम्पन्न भयो।
पालिका प्रमुख,उप प्रमुख,वडा अध्यक्ष र शिक्षा शाखा प्रमुखले नयाँ भर्ना भएका बालबालिकाहरूको हात समाई अक्षरारम्भ गराएका थिए।
अक्षरारम्भ तथा न्यानो कपडा वितरण कार्यक्रमका प्रमुख अतिथि गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले शैक्षिक क्षेत्रलाई उकास्न र शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउन स्थानीय सरकार प्रतिबद्ध रहेको र साेहि अनुरूप याेजना तर्जुमा गरि अघि बढेको बताउनुभयो।
कार्यक्रम कै क्रममा ललितपुर -४, बागडोल स्थायी घर भैई हाल अ्मेरिका बस्नुहुने यस विद्यालयका पूर्व विद्यार्थी,समाजसेवी तथा शिक्षाप्रेमी व्यक्तित्व श्री राजुकार्की(पिता राजेश कार्की,माता रुकु कार्की,दाजु रोशन कार्की)ले (Neeko Foundation)यस विद्यालयका २३१ जना विद्यार्थीहरूलाई न्यानो कपडा ट्र्याकसुट वितरण गर्नुभयो ।
साथै,नेपाल सरकारद्वारा प्रदान गरिएको २०८२/०८३ आर्थिक वर्षको छात्रवृत्ति १३० जना छात्र–छात्राहरूलाई अतिथिहरूको हातबाट हस्तान्तरण गरियो।
कार्यक्रमले विद्यार्थीहरूलाई शिक्षा र ज्ञानप्रतिको उत्साह जगाउने मात्र नभई समाजसेवी र शिक्षाप्रेमीहरूसँगको सहकार्यलाई पनि प्रवर्धन गरेको छ।



















उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

