इस्तानबुल पूर्वी टर्कीमा ५.९ म्याग्निच्युडको भूकम्प


इस्तानबुल पूर्वी टर्कीमा ५.९ म्याग्निच्युडको भूकम्प

इस्तानबुल।३० असोज।पूर्वी टर्कीका धेरै क्षेत्रमा बुधबार ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । अधिकारीहरूका अनुसार भूकम्पका कारण तत्काल कुनै मानवीय क्षतिको रिपोर्ट आएको छैन ।

कम्पन बिहान स्थानीय समयानुसार १०ः ४६ बजे मालात्या प्रान्तको काले शहरमा आएको थियो । यस क्षेत्रमा सन् २०२३ मा गएको विनाशकारी ७.८ म्याग्निच्युडको भूकम्पबाट नराम्ररी प्रभावित भएको थियो । उक्त भूकम्पमा टर्कीमा ५३ हजार पाँच सयभन्दा बढी र छिमेकी सिरियामा करिब छ हजार मानिसको मृत्यु भएको थियो ।

“हाल, ५.९ म्याग्निच्युडको भूकम्पपछि कुनै जनधनको क्षति भएको छैन,“ राज्यको एएफएडी विपद् व्यवस्थापन एजेन्सीले सामाजिक सञ्जाल एक्समा लेखेको छ। केही समयपछि गृहमन्त्री अली येर्लीकायाले तीन अलग–अलग क्षेत्रमा तीनवटा भवन ‘आंशिक रूपमा भत्किएको’ र आपत्कालीन सेवाहरूले सहयोगका लागि दर्जनौँ फोन कलहरू प्राप्त गरेको बताए ।

उनले एक सय ८७ जना भूकम्पबाट प्रभावित भएका र तीमध्ये ४३ जना अस्पतालमा ‘निगरानीमा’ रहेको र धेरैलाई डिस्चार्ज गरिएको जानकारी दिए । मालात्याका स्थानीय अधिकारीहरूले पनि यस स्तरमा रिपोर्ट गर्नका लागि कुनै ‘नकारात्मक घटनाहरू’ नभएको बताए । यद्यपि प्रान्तीय गभर्नरले सबै प्राथमिक र माध्यमिक विद्यालय एक दिनका लागि बन्द गरिने बताए ।

एएफपीका संवाददाताहरूका अनुसार, कम्पन दक्षिणपूर्वतर्फ लगभग एक सय ४० किलोमिटर (करिब ९० माइल) टाढा रहेको दियारबकिरसहित क्षेत्रका केही ठूला शहरमा बलियोसँग महसुस गरिएको थियो ।
टर्किश टेलिभिजन स्टेशनहरूले प्रसारण गरेका तस्वीरहरू अनुसार धेरै शहरका बासिन्दाहरू सडकमा निस्किएका थिए ।रासस।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस