बिहार विधानसभामा एनडीएको अत्यधिक बहुमत


बिहार विधानसभामा एनडीएको अत्यधिक बहुमत

पटना : बिहारका मुख्यमन्त्री नीतीश कुमारको नेतृत्वमा रहेको एनडीएले बहुमत पार गरेको छ।

एनडीए गठबन्धनका दल भारतीय जनता पार्टी (भाजपा) एक्लै ९३ सिटमा अग्रस्थानमा छ भने जनता दल युनाइटेड (जदयू) एक्लै ८३ सिटमा अगाडि छ।

चिराग पासवानको एलजेपी १९ स्थानमा अग्रस्थानमा छ। जीतन राम माझीको एचएएमले ५ सिट जितेको छ। यसरी एनडीएले २०० भन्दा बढी सिट हासिल गरेको छ।

बिहार विधानसभामा २४३ सिट छन्। यहाँ बहुमतको सरकार बनाउन १२२ सिट जित्नु आवश्यक छ। यो जितसँगै नीतीश पाँचौँपटक मुख्यमन्त्री हुने निश्चित देखिएको छ। अर्को तर्फ महागठबन्धनका उम्मेदवार पराजित भएका छन्।

तेजस्वी यादवको दल राष्ट्रिय जनता दल (राजद) ले २६ सिट जितेको छ भने काँग्रेस ३ सिटमा सीमित भएको छ। यसरी महागठबन्धनले कुल ३१ सिट जित्ने देखिएको छ। प्रशान्त किशोरको जन सुराज र मुकेश सहनीको भीआईपीले खाता पनि खोल्न सकेनन्।

बिहारमा ६ र ११ नोभेम्बरमा गरी दुई चरणमा चुनाव भएको थियो। ६७.१३ प्रतिशत मतदान भएको थियो। अत्यधिक जनसंख्या भएको बिहारले आश्चर्यजनक परिणाम देखाएको छ। आज बिहानैदेखि मत गणना शुरु भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस