नौबिसे गजुरी मलेखु सडक खण्ड अहिले दुईतर्फी सञ्चालनमा


नौबिसे गजुरी मलेखु सडक खण्ड अहिले दुईतर्फी सञ्चालनमा

नौबिसे मलेखु सडक खण्ड अहिले दुईतर्फी सञ्चालनमा आएको छ।

गजुरी गाउँपालिका वडा नं.५ को बाङे मोडमा माथीबाट रुख सहितको पहिरो खसि धादिङको इभि माइक्रो बसमा क्षेती पुगेको हो।गुडिरहेको माइक्रो बसमाथि सुख्खा पहिरो खसेर केहि यात्रुहरु घाइते भएका छन् ।

धादिङबेंसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ घाटबेशी र पखरेखोलाको बिचमा पर्ने बाङ्गेमा पहिरोले च्यापिएको हो।

सुख्खा पहिरो सगै रुखले बजारिदा धादिङबाट काठमाडौं तर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको इभी माइक्रोबस परेको हो । माइक्रोमा सवार यात्रु सामान्य घाइते भएका छन् ।

बसमा १५ जना सवार मध्ये १० जना घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ ।

लेखकको बारेमा

  • उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस