मुग्लिन-नारायणगढ सडक खण्डको भरतपुर–२९ स्थित जुगेडीमा गएराति ट्रकले स्कुटर लाई ठाेक्किदा स्कुटर चालककाे निधन भएको छ।
मुग्लिन-नारायणगढ सडक खण्डकाे जुगेडीमा ट्रक नारायणगढबाट मुग्लिङ तर्फ आउदै गरेकाे ना ८ ख ५९६१ नम्बरकाे ट्रक र विपरित दिशाबाट जादै गरेकाे बागमती प्रदेश ०३ ००२ प ६१७८ नम्बरकाे स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक गएराती निधन भएको हो।
घासीकुँवा तनहुँका वर्ष ३६ का कृष्ण बहादुर थापा मगरकाे उपचारकाे क्रममा मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।