नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।
अखिल नेपाल ट्रेड यूनियन महासंघले शनिबार काठमाडौंमा गरेको ‘राजनीतिक वैचारिक प्रशिक्षण’ मा अध्यक्ष प्रचण्डले संविधान निर्माणका क्रममा फरक मतका रुपमा प्रस्तुत पार्टीको प्रस्तावलाई नै अघि सारिने बताएका छ्न।
शनिबार कार्यक्रममा वर्तमान संविधान मार्फत जनताले पाएका अधिकार केहि शक्तिलाई मननपरेको टिप्पणी गर्दै उनले संविधान संशोधनका नाममा जनताका अधिकार खोस्न खाजेको आरोप लगाए।
‘अहिलेको संविधान विस्तृत शान्ति सम्झौताको अङ्गको रुपमा रहेकाले शान्ति सम्झौताको एक हस्ताक्षरकर्ता माओवादीको सहमतिबिना गर्न खोजिने संविधान संशोधनको प्रयासप्रति माओवादी केन्द्रको सहमति छैन। हाम्रो सहमतिबिना संविधान संशोधन गर्ने अधिकार कसैलाई छैन,’ उनले भने।
इमान्दर भएर संविधान संशोधनको प्रयास भएमा आफूहरु त्यसका लागि तयार हुने पनि उनले स्पष्ट गरे। अग्रगमनका लागि संविधान संशोधनको सबैभन्दा बढी आवश्यकता माओवादी केन्द्रलाई नै भएको उनले प्रचण्डले बताएका छन।