नीलकण्ठ नगरपालिका वडा नं १२ निवासी समयदेखि सामाजिक सेवामा समर्पित समाजसेवी लालबहादुर श्रेष्ठ मोटरसाइकल दुर्घटनामा परि अपाङ्ग हुनुभएको छ। उहाँको जनजीवन सहज बनोस् भन्ने उद्देश्यले नीलकण्ठ नगरपालिकाको तर्फबाट ह्वीलचेयर, अपाङ्गता परिचय पत्र तथा आवश्यक अन्य सामग्रीहरू मिति २०८२/०४/०६ गते उहाँकै निवासमा पुगेर हस्तान्तरण गरिएको छ।
उक्त सामाग्रीहरू नगर उपप्रमुख श्री दिपक विश्वकर्मा, सामाजिक विकास शाखा अधिकृत उर्मिला थपलिया, महिला तथा बालबालिका शाखा प्रमुख निर्मला केसी, समाजसेवी नमराज मजार्कोटी, तथा जिल्ला अस्पताल धादिङका डाक्टरहरूको टोलीको उपस्थितिमा हस्तान्तरण गरिएको हो।

नगर उपप्रमुख विश्वकर्माले श्रेष्ठको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस्तो कठिन घडीमा नगरपालिका सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा बोल्दै अन्य सहभागीहरूले पनि श्रेष्ठको सामाजिक योगदानको उच्च प्रशंसा गर्दै निरन्तर सहयोगको आश्वासन दिएका थिए।
नीलकण्ठ नगरपालिकाले विपद्, दुर्घटना वा अपाङ्गता भोगेका नागरिकहरूको सहयोग तथा पुनःस्थापनालाई प्राथमिकताका साथ अघि बढाउँदै आएको जनाएका छ्न ।

