पलेशालाई कर नकटाई ६५ लाख रुपैयाँ पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ भाद्र २०, बिहिबार (८ महिना अघि)
  • २९७ पटक पढिएको

पलेशालाई कर नकटाई ६५ लाख रुपैयाँ पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री ओलीले बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उनलाई सम्मान गर्दै उक्त घाेषणा गरेका हुन्।

बालुवाटारमा बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नलगाइ ६५ लाख नै दिने स्पष्ट गरे। पेरिस पारालिम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन्।

उनी पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी हुन्। सो अवसरमा उक्त खेलका प्रशिक्षक, व्यवस्थापक र सहभागी खेलाडीलाई पनि प्रधानमन्त्री ओलीले सम्मान गरेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस