नेपाललाई समुन्नत बनाउने अभियानमा सबैको हातेमालो आवश्यक:शेरबहादुर देउवा

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ आश्विन ३०, बुधबार (५ महिना अघि)
  • २२५ पटक पढिएको

नेपाललाई समुन्नत बनाउने अभियानमा सबैको हातेमालो आवश्यक:शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रचनात्मक सुझाव दिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न ‘जय नेपाल फाउण्डेसन’ जस्ता संस्थाको महत्त्वपूर्ण भूमिका रहने बताएका छन्।
आफ्नै निवास बूढानीलकण्ठमा आज जय नेपाल फाउण्डेसनको स्मारिका ‘जय नेपाल सन्देश’ सार्वजनिक गर्दै सभापति देउवाले चेतनाको वाहक भएर लोकतान्त्रिक पद्धती र विधिको शासन स्थापित गराउन, सुशासन कायम गर्न र जनअधिकारको रक्षाका निम्ति फाउण्डेशनले उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

उनले कांग्रेसलाई रचनात्मक सुझाव र सल्लाह दिएर गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन फाउण्डेसनलाई आग्रह गरे।

विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै जय नेपाल अन्तराष्ट्रिय फाउण्डेसन समेत स्थापना भएकामा खुसी व्यक्त गर्दै सभापति देउवाले नेपाललाई समुन्नत बनाउने अभियानमा सबैको हातेमालो आवश्यक रहेको बताएका छ्न।

स्मारिका सार्वजनिक कार्यक्रममा फाउण्डेसनका अध्यक्ष बद्री अर्यालले संस्थाका गतिविधि,उद्देश्य र अभियानबारे सभापति देउवालाई जानकारी गराएका थिए।रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस