गजुरीको बन्छेटारमा एक आपसमा बस ठक्कर खाँदा एक बालक सहित १६ जना घाइते


गजुरीको बन्छेटारमा एक आपसमा बस ठक्कर खाँदा एक बालक सहित १६ जना घाइते

धादिङ २१,कात्तिक।गोरखाबाट काठमाडौं आउँदै गरेको र काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको यात्रुबाहक बस धादिङको गजुरी गाउँपालिका – ६ बन्छेटारमा एक आपसमा ठक्कर खाँदा एक बालक सहित १६ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको बा ४ ख ४४७६ नं.को बस र विपरित दिशाबाट आउँदै गरेको बा ५ ख ३४९५ नं.को बस एक आपसमा ठोक्किएका हो।

सामान्य घाइतेलाई आदमघाट अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र गजुरी र गम्भीर तथा मध्यम घाइतेलाई काठमाडौं ट्रमा सेन्टरमा रिफर गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका ट्राफिक प्रमुख सुरज श्रेष्ठले जानकारी दिनुभयो।

लेखकको बारेमा

  • उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    ताजा अपडेट

    यो साताको प्रचलित

    खोजी गर्नुहोस