दाङ १२,माघ : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङको पर्यटकीयस्थल पाण्डवेश्वर धारपानी मन्दिरको अवलोकन गरेका छन्।
शनिबार बिहान घोराही उपमहानगरपालिका–५ स्थित मन्दिर र धारपानी क्षेत्रको अवलोकन गरेका हुन्। यस क्रममा उनले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले मन्दिरको बारेमा जानकारी गराए।
३०० वर्ष पुरानो यो मन्दिरमा विश्वकै अग्लो त्रिशूल रहेको दाबी गरिँदै आएको छ ।