कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका उत्कृष्ट

फोटो फाइलबाट।
  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८१ फागुन ३, शनिबार (१ महिना अघि)
  • ११० पटक पढिएको

कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका उत्कृष्ट

धादिङ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा महानगर तर्फ भरतपुर महानगरपालिका उत्कृष्ट भएको छ ।

छ वटा महानगरपालिका मध्ये भरतपुर उत्कृष्ट भएको हो । यो आर्थिक वर्षसहित भरतपुर महानगर लगातार तेस्रो वर्षसम्म पहिलो  भएको हो।

आयोगले विभिन्न १७ वटा सूचकहरुको आधारमा मूल्याङकन गर्छ । ती सूचकहरु मध्ये पालिकाले समयमै सभामा बजेट पेश गरेरनगरेको, पारित गरेरनगरेको, खर्च अवस्था, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे/नगरेको, राजस्वको विभाजन गरे/नगरेको लगायत पर्छन् ।

आयोगका अनुसार भरतपुर महानगरले ७६ दशमलव २ प्रतिशत, विराटनगर महानगरले ७३ दशमलव ५ प्रतिशत, ललितपुर महानगरले ६६ दशमलव ७ प्रतिशत, काठमाण्डौ महानगरले ५४ दशमलव ३ प्रतिशत, पोखरा महानगरले ५१ दशमलव ५ प्रतिशत र वीरगञ्ज महानगरले ४३ दशमलव १ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस