धादिङ, २०८२ जेठ ५ गजुरी गाउँपालिका–५ स्थित गलौदी खेलमैदानमा गजुरी समाज गजुरीको आयोजनामा सम्पन्न प्रथम शन्नी घले स्मृति कप (Under-16) फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिता जेठ १ गते देखि सुरु भई आज जेठ ५ गते समापन भएको हो।
प्रतियोगितामा जम्मा १७ टिमको सहभागिता रहेको थियो। पाँच दिनसम्म चलेको प्रतियोगितामा युवाहरूको जोशजाँगर, खेल कौशल र खेलप्रतिको समर्पण देखिन लायक रहेको आयोजकले बताएका छन्।
समापन समारोहमा गजुरी गाँउपालिका उपाध्यक्ष शर्मिला विशुरालको प्रमुख आतथ्यता रहेको थियो भने जनप्रतिनिधिहरु, ईलाका प्रहरी कार्यालय गजुरी लगायत विभिन्न संघसंस्था,महिला समुह,युवा क्लबहरुको उपस्थित रहेको थियो।
गजुरी समाज गजुरीको टिम विजेता बन्दै खादा, माला,मेडल र नगद २२,२२२ रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भएको हो। त्यस्तै, पञ्चकन्या युवा फुटबल क्लब सिम्ले दोस्रो स्थानमा रहँदै नगद ११,१११ रुपैयाँ प्राप्त गर्न सफल भएको खेलकुद संयोजक सबिन खरेलले बताए।
प्रतियोगिताले गाउँस्तरमा लुकेका प्रतिभाहरूलाई उजागर गर्नुका साथै समुदायमा खेलप्रतिको आकर्षण बढाएको आयोजकले जनाएका छन्।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |