गजुरी गाउँपालिका वडा नं. ३ मा अनिवार्य तथा नि:शुल्क शिक्षा वडा घोषणा कार्यक्रम सम्पन्न


गजुरी गाउँपालिका वडा नं. ३ मा अनिवार्य तथा नि:शुल्क शिक्षा वडा घोषणा कार्यक्रम सम्पन्न

धादिङ, गजुरी – गजुरी गाउँपालिका वडा नं. ३ मा अनिवार्य तथा नि:शुल्क शिक्षा सुनिश्चित गर्न ‘अनिवार्य तथा नि:शुल्क शिक्षा वडा घोषणा कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ ज्यूले ब्यानरमा हस्ताक्षर गरी वडालाई औपचारिक रूपमा अनिवार्य तथा नि:शुल्क शिक्षा वडा घोषणा गर्नुभयो।

कार्यक्रममा प्रमुख अतिथि गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ,विशेष अतिथी गाउँपालिकाका उपाध्यक्ष शर्मिला बिशुराल,गजुरी गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सन्तोष पौडेल ,गजुरी-१ का वडा अध्यक्ष तारानाथ भण्डारी,स्रोत शिक्षक सुजन भण्डारी,विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थी तथा सरोकारवाला निकायहरूको सक्रिय उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता वडा नं. ३ का वडा अध्यक्ष ऋषिलाल श्रेष्ठले गर्नुभएको हो।

गाउँपालिका अध्यक्ष श्रेष्ठले शिक्षा नै विकासको आधार भएको उल्लेख गर्दै गजुरीका सबै वडामा शिक्षा पहुँचको समानता र गुणस्तर वृद्धिका लागि पालिका प्रतिवद्ध रहेको बताउनुभयो।

उपाध्यक्ष बिशुरालले शिक्षामा सबै अभिभावक र समुदायको सहयोग अपरिहार्य रहेको बताउँदै बालबालिकाको विद्यालय उपस्थिति सुनिश्चित गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा सहभागी वक्ताहरूले अनिवार्य शिक्षा कार्यक्रम अन्तर्गत पालिकाको रणनीति, गरिब तथा विपन्न परिवारका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्ने उपाय, र विद्यालयमा बालमैत्री वातावरण निर्माणका विषयमा प्रकाश पारेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस