गजुरीको जैसिटार शहीद शान्ति पार्कमा YCL गजुरीद्वारा वृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न


गजुरीको जैसिटार शहीद शान्ति पार्कमा YCL गजुरीद्वारा वृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न

गजुरी, धादिङ — युवा शक्तिको सक्रिय सहभागिता र वातावरणीय चेतनालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ योङ कम्युनिस्ट लिग नेपाल (YCL) गजुरी गाउँपालिका कमिटीको आयोजनामा आज गजुरी गाउँपालिका वडा नं. ७ स्थित जैसिटार शहीद शान्ति पार्कमा वृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीका सदस्य तथा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले युवाहरूको वातावरणप्रति देखिएको सक्रियता सराहनीय भएको बताउँदै यस्ता कार्यक्रमले दीर्घकालीन सामाजिक परिवर्तनमा योगदान दिने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा गजुरी गाउँपालिका सरकारका प्रवक्ता एवं गजुरी-७ का वडा अध्यक्ष बद्री प्रसाद जम्कटेल,गजुरी-६ र ८ का वडा अध्यक्ष भक्त बहादुर(कर्ण) तामाङ,देवराज ओझा,YCL नेपालका केन्द्रीय सदस्य सन्तोष अधिकारी र गजुरी गाउँपालिका YCL अध्यक्ष दिवाकर श्रेष्ठले युवाहरूलाई राजनीतिक चेतना मात्र होइन, सामाजिक उत्तरदायित्वमा पनि अग्रसर रहन आह्वान गर्नुभयो। वातावरण संरक्षणजस्तो संवेदनशील विषयमा YCL जस्ता संगठनले अग्रसरता देखाउनु गौरवको विषय भएको उहाँहरूको भनाइ थियो।

कार्यक्रम अन्तर्गत गजुरी गाउँपालिकाको सार्वजनिक स्थलहरू, विद्यालय परिसर, र खोल्सानाला किनारमा छायाँ दिने रूख, फलफूलका बिरुवा, औषधीय वनस्पति र वातावरणमैत्री प्रजातिका सयौं बिरुवा रोप्ने समेत आयोजकले बताए।

कार्यक्रममा धादिङ जिल्ला योङ कम्युनिष्ट लिङ्ग (Ycl)अध्यक्ष राजन लम्साल ज्वाला,उपाध्यक्ष राजन लामा,सचीव सन्तोष रेग्मी समाजसेवी,बुद्धिजीवी, वातावरण प्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा सहभागीहरूले वातावरणीय सन्तुलन, जैविक विविधता संरक्षण, र स्वच्छ हावा प्राप्तिमा यस्ता अभियानहरू उपयोगी हुने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रमको समापनमा YCL गजुरीले आगामी दिनमा वातावरणमैत्री अभियान, स्वच्छता कार्यक्रम तथा स्थानीय उत्पादन प्रवर्द्धनमा केन्द्रित सामाजिक क्रियाकलापहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस