धादिङ,थाक्रे गाउँपालिका वडा नम्बर ६ ले सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ नागरिक, अपांग, अशक्त, असाहाय, दलित, मजदुर, विपन्न समुदायका व्यक्तिहरू तथा आकस्मिक बिरामीहरूका लागि निःशुल्क अटो सेवा सञ्चालनमा ल्याएको छ।
वडाका अध्यक्ष हिरा बहादुर (राजेन्द्र) थापाको पहलमा सुरु गरिएको यो सेवाबाट आर्थिक रूपमा कमजोर वर्गले आकस्मिक अवस्थामा स्वास्थ्य संस्था वा अन्य महत्वपूर्ण स्थानमा पुग्न सहज हुने अपेक्षा गरिएको छ।
वडा अध्यक्षले जानकारी गराउँदै भने, “समाजका सबै वर्गसम्म पहुँच सुनिश्चित गर्न र आवश्यकताका बेला कोही पनि सवारी अभावमा उपचारबाट वञ्चित नहोस् भन्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो।”
स्थानीय बासिन्दाहरूले वडाको यो पहलको स्वागत गरेका छन् र यसले आपतकालीन अवस्थामा ठुलो राहत पुर्याउने विश्वास व्यक्त गरेका छन्।
सेवा निःशुल्क रूपमा उपलब्ध गराइनेछ भने सेवाका लागि निम्न सम्पर्क नम्बरहरू उपलब्ध छन्:सवारी चालक: ९८६०८३७७४५वडा अध्यक्ष: ९८४१९२१७७६।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |