धादिङको गजुरीमा महिला विकास सहकारी संस्थाको २५औँ वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न


धादिङको गजुरीमा महिला विकास सहकारी संस्थाको २५औँ वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न

धादिङ,गजुरी। महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, गजुरी–१,धादिङको २५ औँ वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ। कार्यक्रम गजुरी स्थित आदर्श बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता सहकारी संस्थाकी अध्यक्ष सावित्री श्रेष्ठले गर्नुभएको थियो भने गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो।भने गाउँपालिका उपाध्यक्ष शर्मिला बिशुराल,मित्रता बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष बिक्रम बस्नेत,र सुनदेवी अर्गानिक कृषि सहकारी संस्था लि.का प्रतिनिधि गंगा सागर नेपाल विशेष अतिथि रहनुभएको थियो।

गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले आगामी दिनमा गाउँपालिकाबाट सहकारी क्षेत्रको सुदृढीकरणका लागि नीति तथा तालिमका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो।

त्यसैगरी गजुरी गाउँपालिका उपाध्यक्ष शर्मिला बिशुरालले आगामी दिनमा पनि सम्पुर्ण शेयर सदस्यहरुलाई मिलाएर लैजान आग्रह गर्दै यस सहकारीलाई अझ प्रगतिशील,पारदर्शी र उत्तरदायी संस्थामा परिणत गर्दै अघि बढ्नु पर्नेमा जोड दिएका छन्।

पच्चिस वर्ष लामो यात्रामा सहकारीले शेयर सदस्यहरूको आर्थिक सक्षमता,आत्मनिर्भरता र सहकार्यको भावना विकास गर्दै निरन्तर प्रगति गरेको छ। यस अवधिमा धेरै चुनौतीहरू सामना गरे तापनि सहकारीको उद्देश्य अनुरूप सफलता हासिल गर्दै अगाडि बढिरहेको यस संस्थाका सचिव निशा गजुरेल बताउछिन्।

साधारण सभामा विभिन्न सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधि,समाजसेवी,बुद्धिजीवी लगायत शेयर सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

सभाले नयाँ कार्यसमिति चयन गरेको छ। नव–निर्वाचित पदाधिकारीहरू यस प्रकार छन्ः

अध्यक्ष: सुमित्रा कडेल/रिमाल
उपाध्यक्ष: शर्मिला अर्याल
कोषाध्यक्ष:सरस्वती अधिकारी
सचीव:निशा गजुरेल
सदस्यहरू:मेनुका रिजाल,सविता बस्नेत,पम्फा न्यौपाने(देवकोटा) पञ्चा न्यौपाने,अजिता बि.क.,गंगा कार्की रहेका छन।

त्यसैगरी, लेखा समितिमा नानी उप्रेती (संयोजक),शारदा रिजाल र विना थपलिया सदस्यमा चयन भएका छन् भने ऋण समितिमा मोनिका श्रेष्ठ (संयोजक)र सदस्यमा सुजता ढकाल रहेका छन्।

साधारणसभामा संस्थाको वार्षिक प्रतिवेदन, आय व्यय लेखा परीक्षण प्रतिवेदन तथा आगामी वर्षका कार्ययोजना पनि प्रस्तुत गरिएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस

मुख्य मेनुहरु