बेनीघाट रोराङ गाउँपालिकाको नव–निर्मित प्रशासकीय भवन मंसिर १० गते उद्घाटन हुँदै


बेनीघाट रोराङ गाउँपालिकाको नव–निर्मित प्रशासकीय भवन मंसिर १० गते उद्घाटन हुँदै

धादिङ गजुरी।बेनीघाट रोराङ गाउँपालिकाले नयाँ प्रशासकीय भवनको उद्घाटन समारोह आयोजना गर्न लागेको छ। गाउँपालिकाको प्रशासनिक क्षमता वृद्धि र सेवा प्रवाहलाई सहज बनाउन निर्माण गरिएको भवन अब सार्वजनिक रूपमा शुभारम्भ हुने भएको छ।

उद्घाटन समारोहका लागि गाउँपालिकाभित्र रहेका सम्पूर्ण स्वास्थ्य आमा समूह, आमा/महिला समूह, सहकारी संस्था, महिला सञ्चालक तथा टोल विकास संस्थाहरूलाई सक्रिय सहभागिताका लागि आमन्त्रण गरिएको छ। कार्यक्रम मंसिर १० गते बिहान ११ बजे गाउँपालिकाको नव–निर्मित प्रशासकीय भवन परिसरमा हुने जनाइएको छ।

बेनीघाट रोराङ गाउँपालिकाले करिब १४ करोड लागतमा निर्माण गरेको ३८ कोठे आधुनिक प्रशासनिक भवन मंसिर १० गते पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल(प्रचण्ड)बाट उद्घाटन हुने यसै गाउँपालिका अध्यक्ष विवेक थपलियाले बताउनुभयो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर पौडेल द्वारा हस्ताक्षरित सूचनामा समारोहलाई सफल बनाउन सबै सरोकारवालाको उपस्थिति अपेक्षा गरिएको उल्लेख छ।

नयाँ भवन सञ्चालनमा आएसँगै प्रशासनिक कार्यहरू अझ व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न हुने अपेक्षा गरिएको छ।





तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस

मुख्य मेनुहरु