नागढुंगा-नौबिसे-मलेखु सडक खण्ड मंसिर २४ देखि पुस १ गतेसम्म दैनिक ५ घण्टा बन्द हुने

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८२ मंसिर २१, आईतबार (१ महिना अघि)
  • ३६३ पटक पढिएको

नागढुंगा-नौबिसे-मलेखु सडक खण्ड मंसिर २४ देखि पुस १ गतेसम्म दैनिक ५ घण्टा बन्द हुने

धादिङ गजुरी।नागढुंगा-नौबिसे-मलेखु सडक खण्ड मंसिर २४ देखि पुस १ गतेसम्म दैनिक ५ घण्टा बन्द हुने भएको छ ।

नागढुंगा-पिप्लामोड खण्डमा कालोपत्रे र पोखरे खोला आसपासका भिर क्षेत्र विस्तारका लागि एकै पटक धेरै उपकरण सञ्चालन गर्नुपर्ने भएकाले अस्थायी रूपमा यातायात रोक्न लागिएको हो।

आगामी बुधबारदेखि पाँच दिन दैनिक बिहान साढे १०:३० बजेदेखि अपराह्न साढे ३ बजेसम्म सडक बन्द हुनेछ ।अत्यावश्यक सेवाका सवारीसाधन एम्बुलेन्स,सुरक्षा निकाय,दमकल,शव वाहनलाई भने सहजीकरण गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

अन्य सवारीसाधनलाई विभिन्न स्थानहरूमा रोक्ने व्यवस्था मिलाइएको छ । ट्राफिक प्रहरीले वैकल्पिक सडक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।







तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस