गजुरीमा लक्ष्मी महिला बचत सहकारीको १८औँ साधारणसभा सम्पन्न,कोपिला सिल्वाल अध्यक्षमा चयन

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८२ पौष १२, शनिबार (१ महिना अघि)
  • ८६ पटक पढिएको

गजुरीमा लक्ष्मी महिला बचत सहकारीको १८औँ साधारणसभा सम्पन्न,कोपिला सिल्वाल अध्यक्षमा चयन

गजुरी गाउँपालिका–१ स्थित श्री लक्ष्मी महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १८ औँ वार्षिक साधारणसभा तथा अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रमको अध्यक्षतामा संस्थाकी अध्यक्ष बिष्णुकुमारी श्रेष्ठ रहिन्। प्रमुख अतिथिहरूमा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, विशेष अतिथिमा उपाध्यक्ष शर्मिला बिशुराल र गजुरी–१ का वडा अध्यक्ष तारानाथ भण्डारी उपस्थित थिए।

कार्यक्रममा शेयर सदस्यहरूको पनि उल्लेखनीय सहभागिता रहेको थियो।साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारी संस्थाले आगामी दिनमा दिगो, गुणस्तरीय र व्यावसायिक रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो।

नयाँ नेतृत्वमा चयन भए अनुसार:
अध्यक्ष: कोपिला सिल्वाल
उपाध्यक्ष: सुविता वराकोटी
सचिव: सानिमाया सिल्वाल
कोषाध्यक्ष: कोपिला थपलिया
सदस्यहरू: इश्वरी पण्डित, पूर्व कुमारी सिल्वाल,सनिता काप्री, सावित्री सुनार,सान्नानी उप्रेती
लेखा समिति: संयोजक तारा सुवेदी,सदस्यहरू मिनु बस्नेत र रञ्जना सुवेदी

सहकारीले आगामी दिनमा सदस्यहरूको सक्रिय सहभागितामा अझ मजबुत, पारदर्शी र व्यावसायिक रूपमा काम गर्ने लक्ष्य राखेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस

मुख्य मेनुहरु