धादिङमा पुस्ता हस्तान्तरणको आन्दोलन:डा.सीता ढुंगानाद्वारा नेकपा परित्याग

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८२ माघ ३, शनिबार (२ हप्ता अघि)
  • ९५ पटक पढिएको

धादिङमा पुस्ता हस्तान्तरणको आन्दोलन:डा.सीता ढुंगानाद्वारा नेकपा परित्याग

गजुरी। धादिङको गजुरी गाउँपालिका निवासी डा.सीता ढुंगानाले पार्टीभित्र पुस्ता हस्तान्तरणको स्पष्ट संकेत नदेखिएपछि आफूले नेपाली कम्युनिष्ट पार्टी(नेकपा)परित्याग गरेको सामाजिक संजाल मार्फत स्पष्ट बताइन्।

नेकपा एकीकृत समाजवादी र नेकपा माओवादीबीच एकतापछि बनेको नेकपाको २ हजार ४९९ सदस्यीय केन्द्रीय समितिमा सदस्य भए पनि उहाँले सपथ ग्रहण नगरेको र पार्टीको कुनै भूमिकामा नरहने निर्णय गरिसकेको जानकारी दिनुभयो।

सामाजिक सञ्जाल फेसबुकमा लेखिएको स्टाटसमा ढुंगानाले उल्लेख गर्नुभएको छ,“नेकपाको २ हजार ४९९ सदस्यीय केन्द्रीय समितिको सपथ ग्रहण नगरेको र सो भूमिकामा नरहने निर्णय गरिसकेको कुरा मेरा सम्पूर्ण शुभचिन्तक,आदरणीय,माननीय तथा सम्माननीयहरूमाझ जानकारी गराउँदछु।”

उहाँले लामो समयदेखि एउटै नेतृत्व र प्रतिनिधिलाई बोकेर मतदाताको घर–घरमा पुगेर भोट माग्न गाह्रो भएको बताउनुभयो। परिवर्तनको चाहना आम जनतामा व्यापक रहेको र पुराना अनुहारलाई अब मत नदिन सुझाव आएको उहाँको भनाइ छ।

धादिङ जिल्लामा विगत ४०–४५ वर्षदेखि राजनीतिक शक्ति सीमित व्यक्तिहरूमा केन्द्रित रहँदै आएको र त्यसको अन्त्य हुन नसकेको उहाँले उल्लेख गर्नुभयो। नेतृत्व तहमा पुस्ता हस्तान्तरणको कुनै गुन्जायस नदेखिएपछि जनताको आग्रहअनुसार नयाँ राजनीतिक बाटो रोज्ने निर्णय गरेको ढुंगानाले बताउनुभयो।

राजनीतिमा स्पष्ट धारणा र साहसी निर्णयका लागि परिचित ढुंगाना धादिङको राजनीतिमा प्रभावशाली महिला नेतृका रूपमा चिनिनुहुन्छ। उहाँ यसअघि गजुरी गाउँपालिकाको उपाध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएको छ।

स्थानीय तहदेखि जिल्लास्तरसम्म विभिन्न सामाजिक तथा विकास निर्माणका काममा सक्रिय भूमिका खेलेकी ढुंगानाको यस निर्णयले धादिङको राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस

मुख्य मेनुहरु