गजुरी-६ आदमघाटका मिजार दम्पतीले उब्जाए ७ फिट अग्लो १७ केजीको तरुल, पालिकाद्वारा सम्मान

  • हाम्रो दैनिक
  • / समाचार /
  • २०८२ माघ ७, बुधबार (१ हप्ता अघि)
  • २२९ पटक पढिएको

गजुरी-६ आदमघाटका मिजार दम्पतीले उब्जाए ७ फिट अग्लो १७ केजीको तरुल, पालिकाद्वारा सम्मान

धादिङ।गजुरी गाउँपालिका वडा नं.६ आदमघाट निवासी किसान श्री चित्रबहादुर मिजार र श्रीमती सुभद्रा मिजारले ७ फिट अग्लो र १७ के.जी.तौलको स्थानीय जातको रातो पत्ताले तरुल उत्पादन गर्नुभएको छ।

उहाँहरूको मेहनत,लगनशीलता र कृषि प्रतिको समर्पणको उच्च मूल्याङ्कन गर्दै गजुरी गाउँपालिकाले नगद रु.१०,००० सहित प्रशंसा–पत्र प्रदान गरी सम्मान गरेको छ। स्थानीय कृषि उत्पादनको प्रवर्द्धन,किसानको आत्मविश्वास अभिवृद्धि तथा अन्य कृषकहरूलाई नवीन र उन्नत कृषि प्रणालीतर्फ आकर्षित गर्ने उद्देश्यले गाउँपालिका अध्यक्ष आदरणीय श्री गणेशलाल श्रेष्ठले उहाँहरूलाई सम्मान गर्नुभएको हो।

यसैगरी गाउँपालिका अध्यक्ष श्री गणेशलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं.१,३,५,६,७ र ८ का वडा अध्यक्षहरू क्रमशः तारानाथ भण्डारी,ऋषिलाल श्रेष्ठ,गोविन्द लामिछाने,बद्री प्रसाद जम्कटेल र देवराज ओझाको उपस्थिति रहेको थियो।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद जोशी,कृषि शाखा अधिकृत सर्मिला सुवेदी लगायतको उपस्थित रहेको थियो।

गजुरी गाउँपालिकाका कृषि शाखा अधिकृत सर्मिला सुवेदीले किसानहरूलाई परम्परागत खेती प्रणालीबाट अघि बढ्दै उत्पादनमुखी,व्यवसायिक तथा आत्मनिर्भर खेतीतर्फ अग्रसर हुन आग्रह गर्नुभएको छ।

गजुरी गाउँपालिकामा आयोजित कृषक अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै अधिकृत सुवेदीले आधुनिक प्रविधि,उन्नत बीउबिजन, मलखाद र वैज्ञानिक विधिको प्रयोगले किसानको आम्दानी बढाउन सकिने बताउनुभयो।

गजुरी-६ का वडा अध्यक्ष भक्त बहादुर (कर्ण)तामाङले स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै स्थानीय सरकार र बजारसँग जोडिएको खेती प्रणाली अपनाउन किसानहरूलाई प्रेरित गर्नुभयो।

कार्यक्रममा गजुरी गाउँपालिकाले मेहनती,लगनशील तथा नविन सोचका किसानहरूलाई निरन्तर प्रोत्साहन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ। पालिकाले कृषि क्षेत्रमा अनुदान,प्राविधिक सेवा,तालिम तथा आवश्यक सामग्री उपलब्ध गराउँदै किसानलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको जनाएको छ।

स्थानीय किसानहरूले पनि गाउँपालिकाबाट प्राप्त सहयोगले आफूहरूलाई खेतीप्रति थप उत्साह बढेको प्रतिक्रिया दिएका छन्। उनीहरूले अब परम्परागत खेती मात्र नभई व्यावसायिक तरकारी, फलफूल,पशुपालन तथा बेमौसमी खेतीतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

class=”alignnone size-full wp-image-9516″ />




तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस

मुख्य मेनुहरु