
धादिङ। धादिङ निर्वाचन क्षेत्र नं. २ मा तारा चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार रामबहादुर भण्डारी यतिबेला चर्चाको केन्द्रमा रहेका छन्।
समावेशी विकास,दिगो समृद्धि र सुशासनको यात्राका लागि यसपटक भण्डारी नै आवश्यक रहेको स्थानीयवासीहरूको भनाइ छ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपाबाट उम्मेदवार बनेका भण्डारीले माघ १२ गतेदेखि घरदैलो अभियान सुरु गर्ने तयारी गरेको पार्टीले जनाएको छ।
पार्टीको आन्तरिक तयारी अन्तिम चरणमा पुगेको छ।जुनसुकै विचार वा पार्टीका भए पनि जनताको वास्तविक समस्या साझा मुद्दा ठान्ने भण्डारीको राजनीतिक इतिहास जनजीवनसँग नजिक देखिन्छ।
सामाजिक न्याय,सुशासन र समृद्धिलाई राजनीतिको मूल आधार मान्ने भण्डारी समावेशी विकास र दिगो समृद्धिको यात्रामा केन्द्रित छन्। उनका सार्वजनिक अभिव्यक्तिमा स्पष्ट विचार, भ्रष्टाचारविरुद्धको दृढ धारणा,पारदर्शिता र जवाफदेहितामा जोड प्रमुख रूपमा पाइन्छ।
नेपाली राजनीतिक इतिहासमा इमान्दारी र निष्ठाका लागि चिनिने भण्डारी‘जिउँदो सहिद’को उपनामले परिचित छन्। उनी बौद्धिक रूपमा सक्षम,युवा–मैत्री स्वभावका तथा जनमुखी राजनीतिमा विश्वास राख्ने व्यक्तित्वका रूपमा स्थापित छन्।
स्थानीय समुदायसँग निरन्तर संवाद, सामाजिक अभियानमा सक्रिय सहभागिता र कठिन परिस्थितिमा पनि जनपक्षीय अडानका कारण भण्डारी जनप्रिय बनेको समर्थकहरूको भनाइ छ।
धादिङ–२ मा विकास र सुशासनको एजेन्डा लिएर तारा चिन्हमा मतदान गर्न अपिल गर्दै भण्डारीले चुनावी अभियान अघि बढाइरहेका छन्। उनको उम्मेदवारीले निर्वाचन क्षेत्रको राजनीतिक बहसलाई थप सक्रिय बनाएको छ।











उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

