गजुरी गाउँपालिकाको आयोजनामा फागुन १ गते बृहत् रक्तदान कार्यक्रम गर्ने भएको छ


गजुरी गाउँपालिकाको आयोजनामा फागुन १ गते बृहत् रक्तदान कार्यक्रम गर्ने भएको छ

धादिङ । गजुरी गाउँपालिकाको आयोजनामा “रक्तदान जीवन दान” भन्ने नाराका साथ बृहत रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।

कार्यक्रम २०८२ फागुन १ गते शुक्रबार बिहान ११:०० बजे गजुरी गाउँपालिका–१ स्थित गाउँकार्यपालिकाको कार्यालय प्राङ्गणमा सञ्चालन हुनेछ।गाउँपालिकाले जारी गरेको सूचना अनुसार उक्त कार्यक्रम जनप्रतिनिधि,कर्मचारी,शिक्षक,सुरक्षाकर्मी,राजनीतिक दलका प्रतिनिधि,नागरिक समाज,संघ–संस्था तथा आम नागरिकलाई सक्रिय सहभागिता जनाउन आग्रह गरिएको छ।

रक्तदानमार्फत जीवन बचाउने पवित्र कार्यमा सबैले योगदान दिनुपर्ने गाउँपालिकाको भनाइ छ।गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले रक्तदान जस्तो मानवतावादी कार्यमा सबैको सहकार्य आवश्यक रहेको बताउँदै स्वास्थ्य क्षेत्रमा देखिने रगतको अभावलाई न्यूनीकरण गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।

कार्यक्रममा सहभागी भई रक्तदान गर्न इच्छुक व्यक्तिहरूलाई समयमै उपस्थित हुन गाउँपालिकाले अनुरोध गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

ताजा अपडेट

खोजी गर्नुहोस

मुख्य मेनुहरु