धादिङ – नेपाली कम्युनिस्ट पार्टी धादिङले निर्वाचन क्षेत्र नम्बर १ स्तरीय समीक्षा बैठक सम्पन्न भएको छ।
गत फाल्गुण २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक नतिजा र चुनावी अभियानका विषयमा गम्भीर छलफल भएको जनाइएको छ।
बैठकमा नेकपाका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेन्द्रप्रसाद पाण्डे र नेता शालिकराम जम्मकट्टेल लगायत क्षेत्र नं. १ का नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। बैठकमा निर्वाचनको क्रममा भएका राम्रा पक्ष र सुधार गर्नुपर्ने कमजोरीहरूबारे नेता कार्यकर्ताहरूले रिपोर्टिङ गरेका थिए।
कार्यक्रममा बोल्दै नेताहरूले निर्वाचनको परिणामले जनमतको कदर गर्ने र पार्टी सङ्गठनलाई आगामी दिनमा थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।












