प्रेस चौतारीको २७ औँ स्थापना दिवस आज मनाइदै

फोटो फाइलबाट।
  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ माघ २२, मंगलबार (४ महिना अघि)
  • २४९ पटक पढिएको

प्रेस चौतारीको २७ औँ स्थापना दिवस आज मनाइदै

काठमाडौं : प्रगतिशील तथा श्रमजीवी पत्रकारहरूको साझा संगठन प्रेस चौतारी नेपाल स्थापनाको २७ औं वर्षमा प्रवेश गरेको छ।

स्थापना दिवसका अवसरमा  विभिन्न जिल्ला र शाखाहरुमा पनि कार्यक्रम हुँदैछन्। ०५५ मंसिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले ०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा प्रेस चौतारी नेपाल दर्ता गरेको थियो। सोही दिनको स्मरणमा प्रेस चौतारीले माघ २२ गतेस्थापना दिवस मनाउँदै आएको छ ।

यो वर्ष प्रेस चौतारी नेपालले आफ्नो १०औँ महाधिवेशन आगामी फागुनमा गर्ने घोषणा गरेको छ।  अहिले जिल्ला शाखाहरुको अधिवेशन धमाधम भइरहेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस