राष्ट्रपति पौडेल समक्ष छ देशका नवनियुक्त गैरआवासीय राजदूतले पेश गरे ओहदाको प्रमाणपत्र

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ फागुन २३, शुक्रबार (१ हप्ता अघि)
  • ८८ पटक पढिएको

राष्ट्रपति पौडेल समक्ष छ देशका नवनियुक्त गैरआवासीय राजदूतले पेश गरे ओहदाको प्रमाणपत्र

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न छ मुलुकका नवनियुक्त गैरआवासीय राजदूतहरूले ओहदाको प्रमाणपत्र पेश गरेका छन्।

राष्ट्रपति भवन शितल निवासमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरूले ओहोदाको प्रमाणपत्र पेश गरेका राष्ट्रपति कार्यालयले जनाएको छ।

ओहोदाको प्रमाणपत्र पेस गर्नेहरुमा गणतन्त्र निगीका अलसान्स कोन्ट, गणतन्त्र युगाण्डाका ज्योसी काकुरामट्सी किकाफोण्डा, बोस्निया तथा हर्जगोभिनाका ह्यारिस हार्ले, गणतन्त्र ग्वाटेमालाका ओमर लिसान्ड्रो, इटालीका एन्टोनियो इनरिको बार्टोली, ग्रिसका अलिकी कोउटोसोमिटोपोलाउ रहेका छन्।

समारोहमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा तथा नेपाल सरकारका उच्चपदस्थ अधिकारी सहभागी थिए। नवनियुक्त राजदूतलाई काठमाडौँस्थित होटल दुसित प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस