त्रिपुरासुन्दरी गा.पा.मा जनप्रतिनिधि र कर्मचारीहरुलाई सार्वजनिक सेवा ब्यवस्थापनका बिषयमा अभिमुखीकरण

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८१ चैत्र ८, शनिबार (१ महिना अघि)
  • ९१ पटक पढिएको

Post Thumbnail

त्रिपुरासुन्दरी गाउँपालिकाको आयोजनामा जनप्रतिनिधि र कर्मचारीका लागि सार्वजनिक सेवा व्यवस्थापन विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष राजु उप्रेतीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

अभिमुखीकरणमा प्रमुख जिल्ला अधिकारी घिमिरेले सेवा प्रवाहका चुनौती र समाधान, सूचना अधिकृत सुरेश रिजालले सूचना प्रविधि तथा अनलाइन सेवा, प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले सार्वजनिक खरिद प्रक्रिया विषयमा सहजीकरण गर्नु भएको थियो ।

गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले कर्मचारीहरूले इमान्दारीपूर्वक काम गरे जनप्रतिनिधि सफल हुने बताउनु भयो । कार्यक्रम स्थानीय सरकारको सेवा प्रभावकारी बनाउन महत्वपूर्ण पहल हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस