धादिङ को नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाहमा बालिकालाई ठक्कर दिई फरार भएका मोटरसाईकल चालक बालाजुबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर २ नलाङका खेमलाल श्रेष्ठ रहेका छन् ।
फरार भएका श्रेष्ठलाई काठमाण्डौंको बालाजुबाट बा ७७ प ३३९१ नम्बरको मोटरसाईकल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो ।
सोमबार बिहान घरबाट स्कुल जाँदै गरेकी ससाह ज्यामिरे निवासी सात वर्षिय दिपिका वि.क मोटरसाईकलको ठक्करबाट सडकमा लडिरहेको अवस्थामा स्थानियले फेला पारेका थिए ।
घाइते बालिकालाई धादिङ अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि हेलिकप्टर चार्टर गरि काठमाडौंस्थित टिचिङ अस्पताल लगिएको छ ।
प्रहरीका अनुसार घाईते बालिकाको अवस्था भने गम्भीर रहेकोे छ ।