गजुरी, धादिङ – गजुरी गाउँपालिकामा कक्षा १ देखि ८ सम्मका शिक्षकहरूलाई लक्षित गर्दै सृजनात्मक कला विषयमा आधारित क्षमता अभिवृद्धि तालिम सम्पन्न गरिएको छ। तालिम २०८२ साल जेठ १८ गतेदेखि २२ गतेसम्म पाँच दिन सञ्चालन भएको हो।
तालिम बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा तालिम केन्द्र,धुलिखेल काभ्रेपलान्चोकको आयोजनामा र गजुरी गाउँपालिका शिक्षा शाखाको समन्वयमा सम्पन्न भएको हो।
समापन समारोहको अध्यक्षता गजुरी गाउँपालिका शिक्षा शाखा प्रमुख सन्तोष पौडेलले गर्नुभएको थियो। कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठको प्रमुख आतिथ्यता भने तारानाथ भण्डारी, सुजन भण्डारी (स्रोत शिक्षक), शिक्षा तालिम केन्द्रकी अधिकृत सेतिमाया तामाङ, प्रशिक्षक रामकुमार राई तथा समाजसेवी चेलीमाया तामाङ अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
तालिमको उद्देश्य शिक्षकहरूलाई सृजनात्मक कला शिक्षणमा सक्षम बनाउँदै उनीहरूको कार्यक्षमता अभिवृद्धि गर्नु रहेको आयोजक पक्षले जनाएको छ। सहभागी शिक्षकहरूले तालिमबाट प्राप्त ज्ञान कक्षा कोठामा व्यवहारिक रूपमा उपयोगी हुने विश्वास व्यक्त गरेका छन्।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |