गजुरी, धादिङ, गजुरी गाउँपालिका वडा नम्बर ५ स्थित गजुरी पीडा माध्यमिक विद्यालयका छात्र ईश्वर भण्डारीले माध्यमिक शिक्षा परीक्षा (SEE) 2081 मा ४.०० GPA हासिल गर्दै गजुरी गाउँपालिका भरिका विद्यार्थीहरूमा प्रथम स्थान प्राप्त गरेका छन्। उनी समाजसेवी भिमसेन भण्डारीका सुपुत्र हुन्।
विद्यालयका प्रधानाध्यापक राजकुमार थापाका अनुसार यस वर्ष विद्यालयबाट १५ जना विद्यार्थीले SEE परीक्षा दिएका थिए, जसमध्ये ११ जनाले ३.०० GPA भन्दा माथिको अंक प्राप्त गरेर विद्यालयको गौरव बढाउनुका साथै ७३.३३ प्रतिशत लेराउन सफल भएका छन्।
विद्यार्थीहरूको प्रमुख नतिजा:
ईश्वर भण्डारी – ४.०० GPA
सर्मिला श्रेष्ठ – ३.६९
दिपेन्द्र भण्डारी – ३.४७
बिशाल अधिकारी – ३.००
आयुष श्रेष्ठ – ३.००
बिशोज बस्नेत – ३.२९
निरिता श्रेष्ठ – ३.०१
खुशी श्रेष्ठ – ३.२५
मञ्जिला बस्नेत – ३.०१
सुजिता भण्डारी – २.६६
दिपेश भुजेल – २.९९
विद्यालय परिवारले उत्कृष्ट नतिजा ल्याउने सबै विद्यार्थीहरूलाई बधाई दिँदै आगामी दिनहरूमा अझ राम्रो प्रगति गर्न शुभकामना व्यक्त गरेको छ।
१०० वर्षे इतिहास बोकेको विद्यालय
वि.सं. १९८२ सालको कात्तिक ३ गते भाषा पाठशालाका रूपमा स्थापना भएको गजुरी पीडा माध्यमिक विद्यालय गजुरी गाउँपालिकाको मात्रै नभई धादिङ जिल्लाकै पहिलो विद्यालयका रूपमा समेत परिचित छ।
सुरुवाती दिनहरूमा चौतारो, कटुसे छाप्रो, ढुंगा-माटोको गाह्रो भएको कक्षा कोठा र खुला आकाशमुनि पठन–पाठन चल्ने यो विद्यालय आज सुविधा सम्पन्न भवन, पुस्तकालय, प्रयोगशाला, कम्प्युटर कक्षा, र खेलमैदान सहित आधुनिक शिक्षण पद्धतिमा परिणत भएको छ।
विद्यालयका पूर्व विद्यार्थीहरू अहिले देश तथा विदेशमा विभिन्न क्षेत्रमा योगदान दिइरहेका छन्। एक शताब्दीभन्दा बढी इतिहास बोकेको यस विद्यालयले स्थानीय स्तरमा मात्र नभई जिल्लाव्यापी शैक्षिक उदाहरण प्रस्तुत गर्दै आएको छ।
गजुरी पीडा माविका प्रधानाध्यापक थापाले विद्यालयको शैक्षिक सुधारक्रम अझ सशक्त रूपमा अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन्।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |