धादिङ, गजुरी — वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यका साथ विवेकशील दलित समाजको आयोजनामा आज गजुरी गाउँपालिका वडा नं. ६ स्थित गौरिभन्ज्याङमा वृक्षारोपण कार्यक्रम सम्पन्न भयो।
कार्यक्रमका प्रमुख अतिथि गजुरी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष श्री भक्तबहादुर तामाङ (कर्ण) हुनुहुन्थ्यो। कार्यक्रममा वडा सदस्य राममाया परियार, YCL नेपालका केन्द्रीय सदस्य सन्तोष अधिकारी, विपद् व्यवस्थापन बेस क्याम्प आदमघाटका प्रतिनिधिहरू, स्थानीय समाजसेवी, बुद्धिजीवी तथा गौरिभन्ज्याङका बासिन्दाहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
वृक्षारोपण कार्यक्रमले वातावरणीय सचेतना अभिवृद्धि गर्नुका साथै समुदायमा प्रकृति संरक्षणप्रति जिम्मेवार भावना उत्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |