गजुरी गाउँपालिकाका दुई होनहार विद्यार्थी SEE मा ४.० GPA सहित सम्मानित

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८२ अषाढ २२, आईतबार (९ घण्टा अघि)
  • २१ पटक पढिएको

Post Thumbnail

धादिङ — गजुरी गाउँपालिकामा जन्मिएर माध्यमिक शिक्षा परीक्षा (SEE) २०७९ मा ४.० GPA हासिल गर्ने दुई उत्कृष्ट विद्यार्थीलाई गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले विशेष सम्मान गरेका छन्।

गजुरी–५ स्थित गजुरी पिण्डा माध्यमिक विद्यालयका विद्यार्थी ईश्वर भण्डारी र गजुरी–१ निवासी, हाल काठमाडौंको विशालनगरमा बसोबास गर्दै आएकी सविना चेपाङले ४.० GPA प्राप्त गर्दै पालिकालाई गौरवान्वित बनाएका हुन्। विशेषतः सविना चेपाङ समुदायबाट उक्त शैक्षिक तहमा ४.० GPA ल्याउने पहिलो विद्यार्थी बनेकी छन्।

गजुरी गाउँपालिकाले आयोजित एक सम्मान कार्यक्रममा अध्यक्ष श्रेष्ठले दुबै विद्यार्थीलाई आफ्नो दायाँबायाँ राख्दै फोटो खिचेर सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

अध्यक्ष श्रेष्ठले फेसबुकमा लेखेका छन्,
“गजुरी गाउँपालिकाका होनहार विद्यार्थी ईश्वर भण्डारी र सविना प्रजाले SEE परीक्षामा ४.० GPA हासिल गरी सम्पूर्ण गजुरीबासीको शिर गर्वले उचो बनाउनु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। तपाईंहरूको लगनशीलता, मेहनत र समर्पणले शिक्षा क्षेत्रमै मात्र होइन, सम्पूर्ण गजुरी गाउँपालिकालाई गौरवान्वित बनाएको छ। आगामी दिनहरूमा अझ उत्कृष्ट शैक्षिक सफलता हासिल गर्दै देश र समाजको हितमा योगदान पुर्‍याउनुहोस् भन्ने कामना गर्दछु।”

शैक्षिक क्षेत्रमा यस्तो खाले उत्कृष्ट उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई गाउँपालिकाबाट सार्वजनिक रूपमा सम्मान गर्नु प्रेरणादायी कदमको रूपमा लिइएको छ। यसले आगामी पुस्तालाई शिक्षा प्रति अझ प्रेरित गर्ने अपेक्षा लिइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

खोजी गर्नुहोस