गजुरी, धादिङ –बेनीघाट रोराङ गाउँपालिका–२ स्थित आँपटारबाट करिब १ सय ४३ किलो ८ सय ४० ग्राम गाँजासहित एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्ने व्यक्ति भारत, बिहार अन्तर्गत मोतिहारी जिल्ला, थाना रक्सौल, नोइपाढीह–४, सहदेवाका ४५ वर्षीय सरहज मियाँ रहेका छन्।
प्रहरीका अनुसार, सोमबार बिहान इलाका प्रहरी कार्यालय गजुरी र प्रहरी चौकी ताल्तिबाट खटिएको टोलीले कान्द्राङगढीबाट मलेखुतर्फ जाँदै गरेको बिआर ०६ पिसी ११६७ नम्बरको गाडी चेकजाँच गर्दा ठूलो परिमाणमा गाँजा बरामद भएको हो।प्रहरीले चालक सरहज मियाँलाई घटनास्थलमै नियन्त्रणमा लिएको र हाल घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
प्रहरी स्रोतका अनुसार, पक्राउ परेका व्यक्तिसहित गाँजा ओसारपसारको स्रोत र संलग्न अन्य व्यक्तिहरूबारे पनि अनुसन्धान गरिँदैछ।