नागार्जुन नगरपालिकामा विज्ञान तथा प्राविधिक प्रदर्शनी श्रावण १६ गते हुने


नागार्जुन नगरपालिकामा विज्ञान तथा प्राविधिक प्रदर्शनी श्रावण १६ गते हुने

काठमाडौं, श्रावण १३ । नागार्जुन नगरपालिका र सितापाइला प्राविधिक विद्यालयको संयुक्त आयोजनामा ‘Science तथा Technical Expo’ नामक बृहत नगरपालिका स्तरीय प्रदर्शनी यही श्रावण १६ गते आयोजना हुने भएको छ।

प्रदर्शनी काठमाडौंस्थित सितापाइला माध्यमिक विद्यालयको प्राङ्गणमा हुने आयोजकले जानकारी दिएका छन्।प्रदर्शनीमा विज्ञान तथा प्राविधिक क्षेत्रसँग सम्बन्धित विभिन्न स्टलहरू राखिने छन्। ती स्टलहरूमा नयाँ प्रविधिहरू, वैज्ञानिक प्रयोगहरू, डिजिटल उपकरण, मेकानिकल मोडलहरू, र शिक्षण–अधिगममा प्रविधिको प्रयोग सम्बन्धी सामग्रीहरू प्रदर्शित गरिनेछन्।

कार्यक्रमको उद्घाटन नागार्जुन नगरपालिकाका कार्यवाहक मेयर सुशिला अधिकारीले गर्नुहुनेछ।भने कार्यक्रममा नगर क्षेत्रभित्रका अभिभावक, शिक्षक/शिक्षिका, विद्यार्थी, उद्यमी, अनुसन्धानकर्ता, तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता अपेक्षित गरिएको छ।

कार्यक्रमका संयोजक ई. प्रबिन जम्कट्टेलले प्रदर्शनी मार्फत सहभागीहरूले आधुनिक प्रविधिको जानकारी लिनुका साथै आफ्ना जिज्ञासाहरू समाधान गर्ने अवसर पाउने बताउनुभयो। उहाँले थप्नु भयो, “विद्यार्थीहरूको सिर्जनात्मकता उजागर गर्न र प्रविधिमैत्री शिक्षामा अभिप्रेरणा दिन प्रदर्शनी महत्वपूर्ण बन्नेछ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस

मुख्य मेनुहरु