गजुरी गाउँपालिकाले रेबिज रोगबारे सचेतना जारी गर्‍यो, नागरिकलाई सतर्क रहन आग्रह


गजुरी गाउँपालिकाले रेबिज रोगबारे सचेतना जारी गर्‍यो, नागरिकलाई सतर्क रहन आग्रह

गजुरी (धादिङ), साउन १३ – गजुरी गाउँपालिका वडा नं. १ स्थित गजुरी बजार क्षेत्रमा रेबिज रोगको जोखिम बढेसँगै गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै जनतालाई सचेत रहन आग्रह गरेको छ।

गाउँपालिका कार्यालयबाट मिति २०८२ साउन १३ गते जारी सूचनामा भनिएको छ कि हालै उक्त क्षेत्रमा एक कुकुरले विभिन्न जनावर र सम्भावित रूपमा मानिसहरूलाई टोकेको सूचना प्राप्त भएको छ। उक्त कुकुर रेबिज संक्रमित हुनसक्ने भन्दै स्थानीयवासीलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

सूचनामा उल्लेख भएअनुसार, जनावरबाट मानिसमा सर्ने यो भाइरल रोगले मानसिक समस्या, स्नायु प्रणालीमा गम्भीर असर गर्ने भएकाले कुकुर, बिरालो र जंगली जनावरबाट टाढा रहन सुझाव दिइएको छ। साथै, टोकेपछि साबुनपानीले सफा गरी नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्न र पाल्तु जनावरलाई नियमित रुपमा खोप लगाउन समेत आग्रह गरिएको छ।

गाउँपालिकाले पशु सेवा शाखा मार्फत पशु प्राविधिक तथा खोप अधिकारीहरूलाई परिचालन गरेर जोखिम नियन्त्रण र जनचेतना फैलाउने कार्य अघि बढाएको छ। यसका लागि पशु प्राविधिक, रेबिज अधिकृत तथा पशु सेवा शाखाको सम्पर्क नम्बर समेत सार्वजनिक गरिएको छ।

प्रमुख प्रशासनिक अधिकृत होम बहादुर राउतले हस्ताक्षर गरेको सूचनामा भनिएको छ, “तपाईंको सानो सतर्कताले जीवन जोगिन सक्छ” – यस नाराका साथ सामूहिक जिम्मेवारी पूर्वक रेबिज नियन्त्रणमा सहयोग गर्न सबैलाई आह्वान गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस

मुख्य मेनुहरु