गजुरीमा कक्षा १२ को नतिजा सार्वजनिक, आदर्श माविको उत्कृष्ट प्रदर्शन

  • हाम्रो दैनिक
  • / अन्य /
  • २०८२ श्रावण २४, शनिबार (५ महिना अघि)
  • २६३ पटक पढिएको

Post Thumbnail

धादिङको गजुरी गाउँपालिकामा २०८१ सालको एस.एल.सि.कक्षा १२ को सार्वजनिक नतिजा अनुसार कुल १६७ जना विद्यार्थी परीक्षा सहभागी हुँदा ११० जना विद्यार्थी सफल भएका छन्, जसअनुसार समग्र उत्तीर्ण प्रतिशत ६५.८७% रहेको छ।

पाँच विद्यालयमध्ये आदर्श माविले सबैभन्दा राम्रो प्रदर्शन गर्दै ९५.१६% उत्तीर्णता दर हासिल गरेको छ। ६२ जना परीक्षार्थीमध्ये ५९ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

त्यसपछि किरानचोक माविबाट २४ जनामध्ये १८ जना विद्यार्थी उत्तीर्ण भई ७५% उत्तीर्णता दर हासिल भएको छ। डोल भन्ज्याङ माविमा ३५ जनामध्ये २२ जना सफल भई ६२.८६% नतिजा ल्याएको छ।

त्यसैगरी गजुरीपिडा माविले मात्र ३०.४३% र महेन्द्रोदय माविले सबैभन्दा कम १७.३९% उत्तीर्णता दर हासिल गरेका छन्। गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले उत्कृष्ट नतिजा ल्याएका विद्यालय र विद्यार्थीहरूलाई सामाजिक सन्जाल मार्फत बधाई ज्ञापन प्रकट गर्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस