
नुवाकोट, साउन २७ — “दिगो विकास र सुनौलो भविष्यको सार; स्थानीय युवाको सहभागिता समृद्धिको आधार” भन्ने मूल नारासहित प्रदेश युवा परिषद् बागमतीको आयोजनामा २६ औं अन्तर्राष्ट्रिय युवा दिवस विशेष कार्यक्रम नुवाकोटको विदुर नगरपालिका–१२ धारापानीमा सम्पन्न भएको छ।
मङगलबार सहिद भरत ढुङ्गाना स्मृति आधारभुत बिधालयका ८० जना विपन्न विद्यार्थीलाई विद्यालय ब्याग र शैक्षिक सामग्री वितरण गरिएको नेकपा माओवादी केन्द्रका नेता तथा समाजसेवी बिनोद कोइरालाले बताउनुभयो।सहयोग प्राप्त गर्ने विद्यार्थीहरूमा आर्थिक रूपमा कमजोर परिवारका तथा अध्ययनमा उत्साही बालबालिका रहेका छन्।
कार्यक्रमको अध्यक्षता प्रदेश युवा परिषद्का लेखा प्रमुख प्रकाश खतिवडाले गर्नुभयो भने प्रमुख अतिथि विदुर–१२ का अध्यक्ष उपेन्द्र खड्का रहेका थिए। यस कार्यक्रम सञ्चालन सुनिल प्रसाद दुलालले गर्नुभएको थियो।
अध्यक्ष खतिवडाले युवाहरूको सक्रियता र एकताबिना समृद्ध समाज सम्भव नभएको उल्लेख गर्दै यस्ता सहयोगी कार्यक्रमले विपन्न विद्यार्थीलाई मात्र होइन, सम्पूर्ण समुदायलाई प्रेरणा दिने बताउनुभयो। प्रमुख अतिथि खडकाले शिक्षा नै दिगो विकासको आधार भएको बताउँदै विद्यार्थीलाई अवसर दिनु नै भविष्य निर्माणको सबैभन्दा ठूलो लगानी हो भनेर जोड दिनुभयो।
विद्यालय र समुदायको प्रतिक्रिया विद्यालयका प्रधानाध्यापक बिष्णु ढुंगानाले सहयोगका लागि आयोजक पक्षप्रति आभार व्यक्त गर्दै, यसले विद्यार्थीको मनोबल वृद्धि गर्ने र पढाइमा थप प्रोत्साहन दिने विश्वास व्यक्त गर्नुभयो। केही विद्यार्थीले पहिलोपटक नयाँ ब्याग र सामाग्री पाएको खुसी प्रकट गरेका थिए।
कार्यक्रममा स्थानीय युवाहरू, अभिभावक, विद्यालय परिवार, तथा समुदायका अग्रजहरूको समेत उत्साहपूर्ण सहभागिता थियो। आयोजकका अनुसार, यस्ता पहललाई आगामी वर्षहरूमा अझ विस्तार गर्दै अन्य दुर्गम क्षेत्रका विद्यार्थीलाई पनि समेट्ने योजना छ।



















उहाँ पाण्डे हाम्रो दैनिक डट कम का लागि प्रधान सम्पादक हुनुहुन्छ |

