काठमाडौं :प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली आजको संसद बैठकमा उपस्थित नहुने भएका छन्।
प्रतिनिधिसभाका एमाले मुख्य सचेतक महेश कुमार बर्तौलाले बैठकमा प्रधानमन्त्री स्वास्थ्यका कारण संसदमा उपस्थित हुन नसक्ने जानकारी गराएका हुन्।
संसदको आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने कार्यसूची तय गरिएको थियो।
















